युवा पुस्तामा निराशा मात्रै छाएको छ : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताएका हुन् । उनले सदनमा आएका सांसद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेको बताए । उनले तर अहिलेका युवा विद्यार्थीहरूले राजनीतिक, राष्ट्रियता र देशप्रति निराश रहेको बताए ।

उनले युवाहरूले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेतृत्व हुन आवश्यक रहेको बताए । उनले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौँ लाख युवाहरूले देश छाडेर गइरहेको बताए ।

उनले भने ‘नेपालका नयाँ युवा पीढी अत्यन्तै निराश छ । सदनमा आएका सांसद पनि विद्यार्थीबाट नै आएका हैनौँ । विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हौ । अहिलेका नयाँ युवाहरूलाई सोध्नुस् । राजनीतिक,राष्ट्रियता र देशप्रति उनीहरु निराश छन् । युवाहरूले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद हुनुपर्छ । हामीले राजनीति राष्ट्र र जनताको लागि गरेनौँ । हामीले आफ्नो र परिवारको लागि राजनीति गरौं । त्यो परिणाम अहिले लाखौँ लाख युवाहरूले देश छोडेर गइरहेका छन् । अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ । बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरूले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको छ ।’

उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । उनले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरूले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *