झलनाथ खनालको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार : ५ जना दोषी ठहर, २ जनालाई सफाइ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ।

भ्रष्टाचार मुद्दामा आरोपित मध्ये दुई जनालाई सफाइ दिँदै अदालतले ५ जनालाई दोषी ठहर गरेको छ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएकामा मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादव समेत छन्। यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।

अदालतले असार २५ गते उनीहरुलाई सजाय निर्धारण गर्न पेशी तोकेको छ । उनीहरुले १८ करोड भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *