प्रजातन्त्र लंगडो अवस्थामै छ, औँला समातेर अगाडि बढाइदिने नेताको आवश्यक छ : तारानाथ रानाभाट

काठमाडौँ । पूर्वसभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन् ।

आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो हुँदा देशमा अहिलेको स्थिति सिर्जना भएको जिकिर गरे । उनले मुलुक मुखियाले गाउँ चलाएको जस्तो नभएको बताए ।

उनले नेपाल चलाउनु मात्रै नेताहरूको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी नभएको भन्दै संसारभर रहेका आफ्ना मित्र, आफ्ना छिमेकी, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका विगतका क्रियाकलाप र आजका क्रियाकलापहरू एवं आफ्नो अनुकूल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै सम्भव रहेको बताए ।

उनले भने ‘प्रजातन्त्र अहिले पनि लंगडो अवस्थामै छ । तातेताते गरिदिने गम्भीर व्यक्तित्वहरू, नेताहरूको अभावले यो स्थिति आएको हो । हामीलाई औँला समातेर अगाडि बढाइदिने नेताको आवश्यक छ । किन आवश्यक छ भने मुलुक मुखियाले गाउँ चलाएको जस्तो होइन । नेपाल चलाउनु मात्रै नेताहरूको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी होइन । संसारभर रहेका आफ्ना मित्रहरू, आफ्ना छिमेकीहरू, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका हिजोका क्रियाकलाप र आजका क्रियाकलापहरू र आफ्नो अनुकूल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै हुन्छ । जनताले चुन्ने हो ।’

पूर्वसभामुख रानाभाटले सांसदहरू संसदमा आइसकेपछि कुनै जिल्ला, क्षेत्र र पार्टीको मात्रै नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *