कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पूरा, ब्राजिल र अर्जेन्टिनाको खेल कोसँग ?

काठमाडौं । जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो ।

क्वाटरफाइनलमा पुग्ने देशमा अर्जेन्टिना, ब्राजिल, इक्वेडर, भेनेजुएला, क्यानडा, कोलम्बिया, पानामा र उरुग्वे रहेका छन् । चिली, पेरु, मेक्सिको, जमैका, अमेरिका, बोलिभिया, कोस्टा रिका र पराग्वे भने समूह चरणबाटै बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छ भने भेनेजुएलाले क्यानडाको सामना गर्ने भएको छ । कोलोम्बियाले पानामाको सामना गर्ने छ भने उरुग्वेले ब्राजिलको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु जुलाई ५ देखि शुरु हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *