देश दौडाहामा शीर्ष नेताः को कहाँ पुगे ?

काठमाडौं, कात्तिक ३० । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडों छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् ।

शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौं बाहिर पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा महेन्द्रनगर पुगेका छन् भने बाम गठबन्धनमा आबद्ध नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल गोरखा र लम्जुङ पुगेका छन् ।  उनीहरु बुधबार बिशेष पत्रकार सम्मेलनका लागि काठमाडौं आएका थिए ।

    Comment Here!