१ वर्षसम्म ननुहाउने श्रीमतिलार्इ श्रीमानको डिभोर्स

एजेन्सी । लोग्ने स्वास्नीबीच डिभोर्स गर्नाका पनि अनेक कारण हुँदा रहेछन् । हालै ताइवानमा एकजना मानिसले आफ्नी पत्नीसँग डिर्भोस गरेका छन् र डिभोर्स गर्नुको कारण चाहीँ अत्यासै लाग्दो छ । ती पुरुषका अनुसार उनकी पत्नीले वर्षदिनमा एकपटक मात्र नुहाउँदी रहिछिन् र स्वास्नीको फोहोरी बानीकै कारण उनले डिभोर्स गर्नुपरेको दाबी गरेका छन् ।

पत्नीको फोहोरी बानीका कारण आफू मानसिक रुपमा प्रताडित भएको भन्दै उनले स्थानीय न्यू ताइपेइ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका थिए र अदालतले उनको निवेदनमा फैसला गर्दै डिभोर्स हुने निर्णय गरेको छ । निवेदक पुरुषको नाम चाहिँ खुलाइएको छैन ।

पत्नीको फोहोरी बानीकै कारण आफूहरुबीच सेक्ससमेत हुन नपाएको भन्दै ती पुरुषले श्रीमतीको नुहाएको बेला वर्षको एकपटक मात्रै आफूहरुबीच सेक्स हुने गरेको दुखेसो गरेका छन् । पत्नीको फोहोरी बानीकै कारण बिहे गरेको लामो समयसम्म पनि आफूहरुका बच्चाबच्ची नभएका उनको दाबी छ ।

    Comment Here!