२१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रुकुम, माघ २४ । सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।

जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश गर्याे भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका हुन् ।

हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उनको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० वटा उपकरण पनि बनाएको बताए ।

उनले बनाएका केही उपकरण बिक्रीका लागि समेत बजारमा आइसकेका छन् ।

    Comment Here!