सरस्वती लामाले महोत्सवमा एकाएक कपडा खोल्न थालेपछि हंगामा…

कोहलपुर, माघ २९ । बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा गायिका सरस्वती लामाको सांगितिक प्रस्तुतिका कारण महोत्सवस्थल अनियन्त्रित भएको छ ।

लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि सहभागी युवाहरु अनियन्त्रित भएर जाईलागे पछि लामाको प्रस्तुति बीचमै रोकिएको छ ।

लामाको उच्छृंखल र अश्लीलता गीतहरु प्रदर्शन हुन थाल्दा सहभागी युवाहरु अनियन्त्रित भएपछी प्रहरीले बल प्रयोग गर्नु परेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार कार्यक्रम स्थलबाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको छ ।

सरस्वती लामाको प्रस्तुति अश्लील र विवादित हुने भन्दै प्रहरीले आयोजक कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीलाई सरस्वती लामाको कार्यक्रम नराख्न अनुरोध गरेको थियो ।

तर आयोजकले ल्याउने अडान राखेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मर्यादित कार्यक्रम गर्न आयोजकको ध्यानाकर्षण गरेका थिए ।

प्रहरीले विवादका बीचमा लामालाई सुरक्षित रुपमा महोत्सवको सचिवालयमा पुर्‍याएको थियो । कोहलपुर महोत्सवमा शनिबार गायक स्वरुपराज आचार्य, कमल खत्री र नायिका केकी अधिकारीको पनि प्रस्तुति थियो ।

    Comment Here!