अमेरिकाः करिअर निर्माणको सही गन्तव्य

अमेरिका हरेक नेपालीको सपनाको सहर हो । विश्वको शक्तिशाली देशमा करिअर बनाउन हरेक वर्ष हज्जारौं नेपाली सपना साँचेर अध्ययन गर्छन् । तर, हज्जारौंको भिडबाट सयौँ विद्यार्थीलाई मात्र अमेरिका छिर्ने ढोका खुल्छ ।

अमेरिकामा के छ जुन अन्य देशमा छैन ? करियर निर्माण गर्न र उच्च शिक्षा हासिल गर्न अमेरिकामा के कस्तो सुविधा छ ? त्यसमा पनि नेपाली विद्यार्थीलाई कस्तो प्रावधान छ ? भिजा पकृया कस्तो छ ? यावत विषयमा जानकारी लिनु आवश्यक छ । अहिले अस्ट्रेलिया जाने विद्यार्थीको सङ्ख्या जति छ, अमेरिकामा जाने विद्यार्थीहरू छैनन् । यसको कारण भनेको अमेरिका भन्दा अस्ट्रेलियाको भिसा प्रक्रिया सहज हुनु हो । तथापि, अमेरिकाले उच्च तहका विद्यार्थी जसको शैक्षिक योग्यता र आर्थिक क्षमता बलियो छ ती विद्यार्थीलाई भिसा दिएको छ ।

किन जाने अमेरिका ?

हो, विद्यार्थीले अमेरिका किन जाने ? यो प्रश्नको उत्तर खोज्दै हतारिएर अमेरिकाको सपना देख्नुहुन्न । अमेरिका अथाह सम्भावना, अवसर बोकेको देश हो । यहाँ बर्सेनि विश्वका विभिन्न देशबाट उच्च शिक्षा हासिल गर्नकै लागि विद्यार्थीहरू आउने गर्दछन् । विश्वकै शक्तिशाली र संबृद्धशाली देशमा अध्ययन गर्ने तथा आफ्नो करियर सुरक्षित गर्ने धेरै विद्यार्थीहरू माझ नेपाली विद्यार्थीपनि पर्दछन् ।

हाम्रा अभिभावकहरू सोच्नुहुन्छ, अमेरिका पैसा कमाउनकै लागि जाने हो । तर, वास्तविकता त्यस्तो छैन । अमेरिकामा पैसा कमाउने हो भने, पहिला अध्ययन पुरा गर्नुपर्छ । तपाईहरुले सुरुमै पैसा कमाउने सोच राखेर अमेरिका जाँदै हुनुहुन्छ भने, त्यो गलत हो । पहिला अध्ययन प्रति फोकस हुनुहोस्, त्यसपछि डिग्री हासिल गरेर करियर सुरक्षित गरेर पैसा कमाउन लाग्नुहोस् ।
आइटी, इन्जिनियरिङ, म्यानेजमेन्ट, कम्प्युटर साईन्स, नर्सिङ जस्ता प्राविधिक विषय अध्ययन गर्ने हो भने, अमेरिका विश्वकै उत्कृष्ठ शैक्षिक गन्तव्य हो ।

कस्ता विद्यार्थी अमेरिका जाने ?

अमेरिकाले आफ्नो देशमा विश्वका विभिन्न देशबाट विद्यार्थी डाईभर्स हुन भन्ने चाहन्छ । विश्वका विभिन्न देशबाट विभिन्न थरीका विद्यार्थी आउन् भन्ने उनीहरूको सोच छ । र, त्यही अनुसार विभिन्न क्याटोगोरीमा ब्याचलर्सदेखि मास्टर्स र पिएचडी गर्नेसम्मका विद्यार्थीलाई भिजा दिएको पाएका छौँ । ‘नेपालमै ब्याचलर्स, मास्टर्स गर्छु’ भनेर अध्ययन गरिरहेपनि नेपालको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाका कारण राम्रो रोजगारी नपाउँदा निराश भएकाहरु पुनः मास्टर्स, पिएचडी गर्न अमेरिका गएका छन् ।

विगतमा गएका विद्यार्थीको योग्यता र भिसा लागेका विद्यार्थीको अवस्था हेर्दा अमेरिकाले शैक्षिक तथा आर्थिक अवस्था राम्रो भएका विद्यार्थीलाई भिसा दिएको छ । नेपाली विद्यार्थीमा पनि त्यही लागू भएको छ । सरसर्ती हेर्दा प्लस टु गरेर ब्याचलर्स, मास्टर्स र पिएचडी गर्न चाहने आर्थिक तथा शैक्षिक योग्यता राम्रा भएका विद्यार्थीहरू अमेरिका जान सक्छन् ।

अमेरिकामा करिअरको सुनिश्चितता

धेरैको सोचाई अमेरिका जाने बित्तिकै सबै कुरा पाइन्छ भन्ने छ । तर, वास्तविकता त्यत्ति सहज भने पक्कै छैन । विलासी सुखसुविधा प्राप्त गरे पनि त्यसलाई पाउन खर्च गर्नुपर्छ । नेपालबाट ऋण काढेर पठाएको पैसाले त्यो विलासी जीवन पाउन सकिन्न । अध्ययन अवधिभर सामान्य जीवन ब्यतित गरेर करियर निर्माणमा लाग्ने हो भने अध्ययन पुरा गरेपछि धेरै अवसर पाइन्छ । त्यस कारण जो विद्यार्थी अमेरिका जान चाहन्छ उसले अध्ययनलाई प्राथमिकतामा राख्नु आवश्यक छ । भर्खर प्लस टु गरेर अमेरिका गएको विद्यार्थीले सुरुमै लाखौँ कमाउँछु, राम्रो जागिर पाउँछु भनेर सोच्नु चाहिँ हुन्न ।

अहिलेका धेरै नेपालीहरू करियर निर्माण प्रति नै फोकस भएको पाएका छौँ । धेरै विद्यार्थी पढाई पुरा गरेर अमेरिकामा सेटल भएका छन्, । कतिपय उच्च शिक्षा हासिल गरेर, करिअर सुनिश्चित गरेर नेपाल नै फर्किएर स्थापित भएको देखिन्छ ।

अमेरिकामा अध्ययन गर्ने विषय

अमेरिका गएर जो विद्यार्थी उच्च शिक्षा हासिल गर्न चाहन्छ उसले आफ्नो विषयगत क्षमता अनुसार विषय रोज्नु पर्दछ । म्यानेजमेन्टको विद्यार्थीले साईन्स पढ्छु भनेर हुँदैन । अमेरिकामा आइटी अध्ययन गर्न जाने विद्यार्थीहरूले पछि स्वदेशमा आएरपनि धेरै प्रगति गरेको पाएका छौँ । आइटी, इन्जिनियरिङ, सोसोलोजी जस्ता विषय अध्ययन गर्न सकिन्छ । नर्सिङ गर्न पनि राम्रो छ, नर्सिङ गर्न गएका धेरै विद्यार्थीहरू उतै सेटल भएका छन् ।

छात्रबृद्दि कसरी पाउने ?

अमेरिकाले विदेशी विद्यार्थीको योग्यतामा जसरी ध्यान दिएको छ, त्यसरी नै स्कलरशीपको व्यवस्था गरेको छ । त्यहाँका सबै तहका कलेज विश्वविद्यालयले विदेशी विद्यार्थीलाई केही न केही स्कलरशीप दिन्छन्, मात्र विद्यार्थीको शैक्षिक योग्यता राम्रो हुनुपर्छ । एउटै विषयमा धेरै विद्यार्थीले स्करशीप पाउने अवस्था छैन । तर, फरक–फरक विषयमा धेरै विद्यार्थीलाई स्कलरशीप छ । मास्टर्स डिग्री, पिएचडी गर्न TOEFL, GRE, GMAT गरेका विद्यार्थीलाई धेरै स्कलरशीप छ । अमेरिकन दूतावासबाट खासै स्कलरशीप नभएपनि विश्वविद्यालय बाट पाइन्छ ।

खर्च व्यवस्थापन कसरी गर्ने ?

अमेरिकी लाईफ स्टायलमा नेपाली विद्यार्थीलाई भिज्न केही समय लाग्छ । नेपाली विद्यार्थीको आर्थिक स्थिति त्यत्ति धेरै बलियो छैन । अमेरिका मात्र हैन, अन्य देशमा गएका विद्यार्थीले पनि पढ्दै गएर पार्ट टाइम जब गरेर कमाउने हो । अमेरिका जाने विद्यार्थीले एक सेमेष्टरका लागि खर्च लिएर गएका हुन्छन् । त्यसपछिका समयपनि पैसा कमाउँछु भनेर आस गर्न सकिन्न । केही सहयोग अभिभावकबाट लिएर त केही पार्ट टाइम काम गरेर खर्च धान्नु पर्दछ । विद्यार्थीले हप्ताको २० घण्टा र समर भ्याकेसनमा बढी काम गर्न पाउँछन् यसैबाट खर्च व्यवस्थापन गर्नुपर्छ ।
ब्याचलरमा गएका विद्यार्थीले चार वर्ष र मास्टर्समा गएकाले दुई वर्ष कमाउँछन् भनेर सोच्नुहुन्न । पढाई कम्प्लीट गरे पनि भने राम्रा अवसर सँगै कमाईपनि हुन्छ ।

नेपाली विद्यार्थीको भिसा रेट

सन् २००३ यता हामीबाट धेरै विद्यार्थी अमेरिका गईसकेका छन् । ती विद्यार्थीको अनुभव बुझ्दा नेपाली विद्यार्थीहरूको भिसा रेट ठिकै रहेको पाएका छौँ । शैक्षिक योग्यता, आर्थिक अवस्था र उसले अन्र्तवार्ता कसरी दिएको हुन्छ त्यसैका आधारमा भिसा दिन्छ । अन्र्तवार्ता साईकोलोजिक टेस्ट गर्ने प्रकारले गरिएको हुन्छ । अन्र्तवार्ताबाटै विद्यार्थीले पढ्न सक्छ सक्दैन दूतावासले थाहा पाईसकेको हुन्छ । दूतावासले डकुमेन्टलाई सहज बनाएर अन्र्तवार्तालाई मुख्य आधार बनाएर भिसा दिने गरेको छ ।

डकुमेन्ट कसरी तयार पार्ने ?

पछिल्लो समय अमेरिका जाने विद्यार्थीको फाईनान्सियल डकुमेन्ट त्यत्ति खोज्दैन । विद्यार्थीले कलेज एप्लाई गर्दा स्पोन्सर को हो भनेर बैङ्कको डकुमेन्ट पठाउनु पर्छ । दूतावासले हेर्ने भनेको शैक्षिक योग्यता, अङ्ग्रेजीको लेवल र अन्र्तवार्ता मात्रै हो । विगतमा जस्तो नाता प्रमाणित, आयस्रोत, बैङ्कको डकुमेण्ट केही चाहिन्न ।

अन्तमा,

जो विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अमेरिका जान खोज्दै छन्, उनीहरूले कन्सल्टेन्सी छनौट र विश्वविद्यालय छनौटमा ध्यान दिन आवश्यक छ । शैक्षिक परामर्श दिनका लागि बजारमा धेरै कन्सल्टेन्सी छन् ती मध्ये नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सीबाट मात्र काम गर्ने, कन्सल्टेन्सीले विगतमा गरेको कामको जानकारी लिने गर्नुपर्छ ।

विश्वविद्यालय छनौट गर्ने विषयमा विद्यार्थी आफैँले इन्टरनेटको माध्यमबाट विश्वविद्यालयका वेभ्साईटहरु हेर्ने, विश्वविद्यालयको पाठ्यक्रम, शुल्क, स्कलरशीप लगायतका विषयमा जानकारी हासिल गर्नुपर्छ । त्यससँगै विभिन्न शैक्षिक परामर्शदाताबाट समेत जानकारी लिएको अवस्थामा राम्रो हुन्छ ।

इडियू कन्सल्टेन्सीका शैक्षिक परामर्शदाता तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का प्रथम सचिव हुनुहुन्छ ।

कुराकानीमा आधारित

    Comment Here!