फेरी प्रधानमन्त्री बन्छु : प्रचण्ड

काठमाडौं, फागुन १ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका छन् । एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनेको अनौपचारिक सूचना बाहिर आएका बेला प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका हुन् ।

चितवनको एक विद्यालयको कार्यक्रममा उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।

प्रचण्डले भने ‘केही समय अगाडि मात्रै चितवनका काँग्रेस नेताहरुले मलाई चाँडो प्रधानमन्त्री बनेर आउन भन्नुभएको छ । आमन्त्रण गर्नु भएको छ । तपाईंहरुलाई विश्वास र भरोसका लागि धन्यावाद छ । अझै टुंगिएको त छैन् । तर, ढिलोचाँडो प्रधानमन्त्री भएर आउछु ।’

प्रचण्डले थपे, ‘म तुरुन्तै प्रधानमन्त्री भए पनि वा अलि ढिला भएपनि तपाईंहरुकै साथमा रहनेछु ।’
प्रचण्ड र ओलीवीच आज पार्टी एकताका विषयमा फेरि संवाद हुँदैछ ।

प्रचण्डले सो कार्यक्रममा नेपालको शान्ति सम्झौता, सेना समायोजन र संविधान निर्माण सफल उदारण भएको बताउँदै यदि विकसित मूलुकमा यस्तो भएको भए आफु र गिरिजाप्रसाद कोइरालाले नोवेल पुरस्कार पाउने पनि बताए ।

    Comment Here!