कार दुर्घटनामा परी ‘तक्मे बुढा’ घाइते

काठमाडौं, फागुन १ । चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)  चढेको कार झापामा दुर्घटनामा परेको छ । दुर्घटनामा परी तक्मे बुढासहित कारमा सवार कलाकारहरु विशाल लिम्बू, युकेश लिम्बू, समिल राई र बाल कलाकार जेसिका राई सामान्य घाइते भएका छन् ।

सोमबार मोरङको मधुमल्लामा आयोजित महोत्सवमा भाग लिएर झापाको विर्तामोड फर्कने क्रममा तक्मे बुढासहित ६ जना कलाकार चढेको कार मध्यराति १२ बजे दुर्घटनामा परेको हो । कार सडकबाट तल पल्टिएको थियो ।

दुर्घटनामा उत्तानो परेको कार क्षतिग्रस्त भएको छ । तीब्र गतिमा रहेको कार अगाडि आएको कुकुरलाई बचाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    Comment Here!