nic asia bank

राइटपाथकाे क्यानडा ग्राण्ड सेमिनारमा विद्यार्थीकाे उत्साहजनक सहभागिता

Ved International Education Consultancy

पुस २२, चितवन । उच्च शिक्षाका लागि क्यानडा पछिल्लो समय विश्वभरीको शैक्षिक हव बन्दै गइरहेको अवस्थामा नेपाली विद्यार्थी पनि उच्च शिक्षाका लागि क्यानडा जाने लहर बढिरहेको छ ।

यसै सन्दर्भमा क्यानडा गएर उच्च शिक्षा हासिल गर्ने तथा करियर सुनिश्चित गर्ने विद्यार्थीलाई लक्षित गर्दै चितवनको नारायणगढ, लायन्स चोक स्थित राइटपाथ करियर काउन्सेलिङले ‘क्यानडा ग्राण्ड सेमिनार’ गरेको छ । क्यानडा ग्राण्ड सेमिनारमा चितवन, टाँडी, भरतपुर लगायतका क्षेत्रका विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए ।

राइटपाथको सेमिनार हलमा आज आयोजित कार्यक्रममा क्यानडाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले उच्च शिक्षासँगै अवसरका लागि क्यानडा विश्वकै उत्कृष्ट गन्तब्य भएको बताए । क्यानडामा डिग्री हासिल गरिसकेपछि आफुले चाहे अनुसारको अवसर पाउन सकिने उनीहरुको दावि थियो ।

सेमिनारमा विद्यार्थीलाई काउन्सेलिङ गर्दै कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले पछिल्लो समय क्यानडा विश्वभरका विद्यार्थीहरुको रोजाइमा परेको भन्दै नेपाली विद्यार्थीलाई अरु देश भन्दा क्यानडा अध्ययनका लागि लागत र अवसरका हिसाबले सहज देश भएको दावी समेत गरे ।

सेमिनारमा एक सय दश विद्यार्थीको सहभागीता रहेकोमा आठ जना विद्यार्थीको अन द स्पट एड्मिसन गरिएको राइटपाथका चितवनका प्रबन्ध निर्देशक सुरज पौडेलले बताए । ‘चितवनबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या राम्रो रहेको अवस्थामा उनीहरुलाई विश्वकै शैक्षिक हवका रुपमा उदाएको क्यानडाको विषयमा सम्बन्धित कलेज र विश्वविद्यालयकै प्रतिनिधिबाट काउन्सेलिङ गर्ने ब्यवस्था गरेका हौं । विद्यार्थीको उत्साहजनक सहभागीता पाएका छौं ।’ पौडेलले भने ।

सेमिनारमा क्यानडाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु रोशन श्रेष्ठ, खिलन शर्मा, जुमेकी बेलो लगायतले क्यानडा पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीलाई उच्च शिक्षाको चाहना पूरा गरिदिने उत्कृष्ट मुलुकको रूपमा रहेको बताए । सहजै भिसा पाइने र पढाई तथा रोजगारीलाई पनि सँगसँगै लैजान सकिने हुनाले नेपाली विद्यार्थीलाई क्यानडा सहज देश भएको उनीहरुको भनाई छ ।
राइटपाथ बाट क्यानडा अप्लाइ गरेका विद्यार्थीले २४ घण्टा भित्र अफर लेटर पाएका छन् । पछिल्ला दिनहरु क्यानडालाई अवसरको खानीका रुपमा लिइदै आएको छ । क्यानेडेली सरकारले अन्तराष्ट्रिय विद्यार्थीलाई क्यानडा प्रवेश गर्न सहज वातावरण बनाइदिएपछि दुई वर्ष यता क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीको संख्या बढ्दो छ ।

क्यानडा विद्यार्थीहरुको लागि अत्यन्तै लोकप्रिय देश भएकोले विश्वभरीबाट त्यहाँ अध्ययनका लागि जाने विद्यार्थीहरुको चाप कम गर्न त्यहाँका विश्वविद्यालय तथा कलेजले न्यून संख्यामा अन्तराष्ट्रिय विद्यार्थीहरु लिने गर्दछन् । यसले गर्दा कहिलेकाँही विद्यार्थीको अफर लेटर आउन धेरै समय लाग्ने गरेपनि शैक्षिक योग्यता राम्रा भएका विद्यार्थीलाई क्यानडामा उच्च शिक्षा हासिल गर्न गाह्रो नहुने राइटपाथ चितवन शाखाका प्रबन्धनिर्देशक पौडेलको भनाई छ ।

राइटपाथले क्यानडाका धेरै विश्वविद्यालय र कलेजसँग प्रत्यक्ष काम गरिरहेकोले सेमिनारमा आएका कलेजले नेपाली विद्यार्थीको सहजताका लागि सहज प्रकृयाबाट २४ घण्टा भित्रै अफर लेटर दिने ब्यवस्था गरेको तथा यस्ता सेमिनारले विद्यार्थीको समस्याहरु हल गर्न सहयोग पुर्याउने राइटपाथका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले बताए ।

 

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil