nic asia bank

वर्तमान तरलता संकुचनको अवस्था र सुधारको उपाय

Ved International Education Consultancy

आर्थिक वर्षको शुरुवाती सँगै तेलमा बृद्धी र नेपाली मुद्रा डलरको तुलनामा अवमुल्यन सामान उहि भएतापनि मुल्य तिर्नुपरर्यो जसले गर्दा बढी पैसा बाहिरियो । मानिसहरुको क्रय शक्ति बढेको छ, सहरीया बिलासी जिवनको नक्कल गरिरहेको स्थिती छ । गाउँका खेतबारीहरुमा खर (घाँस) उम्रीरहेको स्थिती छ । बजारमा बस्ने अरेवियन र कोरियन रेमीटेन्स मंहगोमा घरायसी सामान र बिलासी वस्तु खरीदमा पुनः बाहिरी देश पुगेको देखिन्छ ।

माग बढी भयो व्यापारीहरु चर्को ब्याजमा ऋण लिएर भएपनी विदेशी रक्सी, खाद्यान्न र गाडी झिकाउन थाले । यदी यस्ता बिलासी विदेशी सामानको आयात रोक्ने हो भनेपनी हाम्रो पैसाले महंङ्गो डलर र रुपैँये किन्नु पर्ने थिएन । अर्थ मन्त्रालय सोच्दैछ राजस्व बृद्धी कसरी गर्ने, भन्सारबाट बढीभन्दा बढी राजस्व कसरी संकलन गर्ने, सोच्दैन कि देशमा के कस्तो सामान आयात भै रहेको छ, त्यसैले यहाँ कस्तो प्रभाव पर्दछ । कति पैसा विदेशीयो ? यहाँ तरलताको संकुचन कसरी भयो भन्ने सोच नराखी राजस्व संकलनको ढोल माग पिटीरहेको देखिन्छ । विदेशी ब्राण्डका वस्तु सँग प्रतिस्पर्धा गर्न नसकेर यहाँका उद्योगधन्दा, कलकारखाना, व्यवसाय बन्द हुने स्थितिमा छन्, खै त राज्यले यसमा ध्यान दिएको ?

राज्यले वाह्य सामानहरु बिभिन्न श्रेणी छुट्याई विलासी सामानहरुमा भंसार बढी तिर्ने हैन की त्यस्ता वस्तु आयात गर्न रोक्नु नै पर्दछ । गाउँका बाँझो जग्गा राख्नेलाई जरिवाना र राष्ट्रियकरण गर्नुपर्दछ र कृर्षिजन्य उद्योग धन्दालाई विशेष सहुलियत नै दिएर प्रोत्साहित गर्नुपर्दछ ।

स्वदेशमै उद्योगधन्दा, उत्पादन र खपत हुने हो भने विदेशी सामान ल्याउन ऋणको जरुरत पर्दैन । वैदेशिक डलर, ऋणको जरुरत पर्दैन । यदी खपत हुने वा उपभोग्य सामानमा मात्र वैदेशिक ऋण लिने हो भने त्यो तिर्न असमर्थ हुन्छन्, त्यसैले अल्पकालिन रुपमा धान्नको लागि नलागी समग्र अर्थतन्त्र बलियो बनाउन तर्फ सम्बन्धीत निकायहरु योजनाबद्ध तरिकाले अगाडी बढ्न अब ढिला गर्नु नै हुँदैन ।

बैंकहरुले डिपोजिट संकलन अल्पकालिन अवधीको गरीरहेका छन्, भने लगानी चैं धेरै लामोे समयपछि फिर्ता हुने हाईड्रो लगायतका क्षेत्रमा गरिरहेका छन् । बैंकहरुले अल्पकालिन र दिर्घकालिन लगानीको निति बनाई आफ्नो डिपोजिटको प्रकार हेरी लगानीको बिबिधीकरण गर्न जरुरी छ ।

साथै अनौपचारीक आर्थिक कारोबार हावी भै रहेको स्थितीमा छोटो तरलता देखियो भन्दैमा डिपोजिटलाई कम आंकलन गरी तुरुन्त ब्याज घटाउने/बढाउने बैंकहरुको नितिले पनि डिपोजिट सहकारीहरु तर्फ जम्मा भएको देखिन्छ । साथै अनौपचारीक माध्यमबाट सुनको कारोबारले पनि तरलता खिचेको देखिन्छ एवं छिमेकी मित्र राष्ट्रको खुला सिमान र त्यहाँको डिपोजिटमा दिईने व्याजको प्रतिशतले पनि डिपोजिट सरेको देखिन्छ ।

तरलता समस्या देखिइसकियो भन्ने आंकडाहरु सुचकहरु बाणिज्य बैंकहरुले ऋण लगानी एक्कासी बन्द गर्नु, बढी मूल्य र लामो समयको डिवेन्चर जारी गर्न, सिडी रेसियो २६ बैंकको नै ४० प्रतिशत पुग्नुको पनि संकेत गरी रहेको छ ।

अर्थतन्त्रमा तरलताको असर परर्यो भन्दैमा टुलटुल हेरेर बस्नु किमार्थ हुँदैन, जसको लागि सिसीडी रेसीयो ५ प्रतिशत सम्म बढाई त्यसबाट निस्कीएको पैसाले उत्पादन मुलक, कृषीजन्य पर्यटनको विकास वा प्रत्यक्ष लाभ प्राप्त गर्ने तर्फ लगानी गर्नुपर्दछ । नकी गाडी, रक्सी र उपभोग्य वस्तुमा खर्च गर्ने । बिलासिता वस्तु आयातमा ऋण दिन तुरुन्त रोक्नु पर्दछ ।

गाउँमा बसी कृर्षि उत्पादन गर्ने, बस्ने बास बनाउनेलाई विशेष सहुलियत दिदैँ आकर्षित गर्ने तथा बजार/शहरमा बस्नेलाई उसको श्रोत, कार्य हेरेर मात्रै घर बनाउन वा भाडामा बस्न स्विकृती दिने वा कर बढी लगाई दिने र राजस्व जसरी उठाईन्छ त्यसैगरी योजना बनाई आ.व.को सुरुवात बाट नै खर्च गरीनु पर्दछ । जसले गर्दा एकतर्फी राजस्व ढुकुटीमा मात्र जम्मा नहोस र आपसी सुन्तलन नमिली तरलताको अभाव नहोस् ।

त्यसैले अर्थतन्त्रमा देखिएको यो परिस्थितीलाई कम आंकलन नगरी सम्बन्धीत पक्षहरुले यो अप्ठ्यारो स्थितीलाई पार लगाउन बृहत र परिवर्तित सोचका साथ तत्कालै रणनिती बनाई अगाडी बढ्न जरुरी देखिन्छ ।

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path