-
गलकोट घुम्टे महोत्सवमा दर्शकको ओइरो
मंसिर १०, बागलुङ । गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको ओईरो नै लागेको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए ।
महोत्सवमा प्रत्येक दिन स्थानिय कला संस्कृति झल्कने लोपोन्मुख सांस्कृतिक प्रस्तुति सालैजो, सोरठी, सराँय नाच, नौमति बाजा, भजन कृतन, ताराखोलाको सिस्नो खोस्ने पर्व, गलकोटको लाखे नाँच प्रस्तुत भईरहेको छ ।
महोत्सवमा अहिले सम्म करिब ३० हजार दर्शकले अवलोकन गरेको महोत्सव व्यवस्थापक मोहन केसीले जानकारी दिए । त्यस्तै महोत्सवमा दैनिक राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहेको छ ।
गलकोट नगरपालिका ५ बसाहफाँटमा जारी महोत्सवमा छैठौं दिनसम्म विभिन्न प्रतियोगिताहरु सञ्चालन भईरहेका छन । अहिले पालिका स्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता जारी रहेको खेलकुद संयोजक योगेश भण्डारीले जानकारी दिए । महोत्सवमा आकर्षकको रुपमा मानिएको हेलिकोप्टर मार्फत दृश्यावलोकन प्रतिकुल मौसमका कारण आज (मंगलबार) उडान गर्ने तयारी भईरहेको हेलिकोप्टर व्यवस्थापन समिति सदस्य भुपेन्द्र खत्रीले बताए । हेलिकोप्टर मार्फत पर्यटकीय स्थलहरुको दृश्यावलोकन गर्न सकिने केसीको भनाई छ ।
महोत्सवमा लोपोन्मुख वस्तुहरु, जडिबुटी, हस्तकला प्रदर्शनीका सहित १ सय ३० वटा व्यापारिक स्टलबाट व्यापारिक कारोबार भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।
महोत्सवमा संकलित रकमबाट गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका प्रत्येक वडामा पर्यटकीय गन्तव्यहरुको पहिचान गरि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) तयार गरिने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ ।
दोस्रो गलकोट घुम्टे महोत्सवको सम्पुर्ण प्राविधिक व्यवस्थापन हिमालयन ईभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको छ । १३ वर्ष पछि सञ्चालन भएको महोत्सवले विस्तारै दर्शकहरुको भिड बढाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २४ । अहिलेको सूचना र प्रविधीको युगमा यो लभ भन्ने विज्ञान निकै फस्टाएको छ । किनभने अहिले बाबा आमा र आफन्तहरु गर्ने माया त छर्दै छ । तर यहा एक प्रेमी र प्रेमिकाले गर्ने माया कुरा गर्न लागिरहका छौ ।जहाँ भनिन्छ , मायामा , जातभात ,सानोठुलो हेरिदैन् । यदि परि हालेमा एकले अर्कालाई ज्यान दिन समेत पनि... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौं । नक्सालस्थित होटेल मेरिएटको पहिलो तलामा छ, एडमामे रेष्टुरा । आरामदायी, सम्पन्न तथा आकर्षक आधुनिक एशियन शैलीको एडमामेले नयाँ चाइनिज मेन्यू सुरु गरेको छ ।‘ओक एण्ड बउल’ नामक उक्त मेन्यूमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलव्ध हुन्छ । उक्त रेस्टुरेन्टमा जापानी, चिनियाँ... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौं । विराटनगरको सनी हाट चौकस्थित भुमी सुधार कार्यालय नजिकैको बाटोमा धुलो उडिरहेको थियो । मानिसहरु नाक मुख छोपेर हिँडिरहेका थिए । त्यही बाटोको एक छेउमा धिपधिप आगो बलिरहेको थियो । नजिकै गएँ । एक चुलो, त्योमाथि भक्का पाकिरहेको थियो । त्यही छेउमा एक दिदी थिइन् । ‘यस्तो धुलोमा गाह्रो हुँद... जारी राख्नुहोस...
-
-
मंसिर २०, एजेन्सी । आउनुहोस् हामीले हाँस्नुका केहि फाईदाहरुबारे जानकारी दिन्छौं ।– हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ , जसले तनाव कम गर्छ । त्यसैले, दिल खोलेर हाँसौ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो ।– हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसकारण... जारी राख्नुहोस...
-
-
मंसिर १३, काठमाडौं । जब तपाईं सम्बन्धमा हुनुहुन्छ, तपाईंहरु बीचको विश्वास नै सबैभन्दा ठूलो शक्ति हुन्छ जसले सम्बन्धलाई सधैं जीवन्त राख्न सहयोग गर्दछ । तर कहिलेकाँही हामी सम्बन्धमा रहँदा यस्ता काम गर्छौं जुन पार्टनरलाई धोका दिनुभन्दा पनि खतरनाक हुन्छ ।१. झुटो बोल्नुहामीले बाल्यकालदेखि नै सिक्दै आएका... जारी राख्नुहोस...
-
-
मंसिर ११, काठमाडौं । हाँस्दा हाँस्दैकि आमाको एक्कासी मृत्यु भएपछि उनको जिम्मेवारी विनयको थाप्लोमा बजारियो ।१५ वर्षको कलिलै उमेरमा उनलाई घर–व्यवहारले थिच्यो।साथीहरुसँग खेल्न दौडने उमेरमा उनी चुलोचौकोमा रमाउनु पर्ने भयो । उनी घरधन्धामा गाँजिए ।बिहान सबैरै उठ । चुलोचौको गर । खाना बनाउ । बुवालाई अफिस पठ... जारी राख्नुहोस...
-
-
मंसिर ११ । हरके दम्पतीमा केहि न केहि बिषेता हुन्छन् । कसैको दाम्पत्य सुखद हुन्छन्, कसैको नाटकिय । यस्ता अनेक प्रवृत्ति हुन्छन्, दम्पतीमा पनि । तपाई कुन कित्तामा पर्नुहुन्छ त रु मूल्यांकन गर्नुहोस् ।१.अभिभावकत्व दम्पतीयस किसिमको दम्पतीमा पती वा पत्नीमध्ये एक अभिभावक जस्तै व्यवहार गर्छन् ।–पती चाहन्छन... जारी राख्नुहोस...
-
-
मंसिर ९ । शाकाहारीहरूलाई तरकारी खाँदाखाँदा वाक्क भएपछि स्वादका लागि के खाने के नखाने भनेर अलमलिइरहेको अवस्था पनि हुन्छ, भने घरमा आउने शाकाहारी पाहुनालाई के बनाएर खुवाउने भनेर घरपरिवारका व्यक्तिहरूलाई पनि समस्या उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा पनिरको सब्जीले निकै मद्दत गर्न सक्छ । यसरी आफ्नै भान्सा... जारी राख्नुहोस...
-
-
विवाहबारे संसारभरिका मानिसहरूबीच निकै उत्सुकता हुने गर्छ । तर संसारका केही भागमा विवाहसँग सम्बन्धित केही रीतिरिवाजले धेरैलाई शारीरिक र मानिसक पीडा खेप्न बाध्य बनाएको हुन्छ । उनीहरूको विवाहको पहिलो रात यसरी बित्छ कि जसका तिता यादले जीवन रहुञ्जेल उनीहरूलाई पछ्याइरहेको हुन्छ ।थुप्रै अरब र मुस्लिम देशमा... जारी राख्नुहोस...
-
-
मंसिर ५ । भावनात्मक र शारीरिक रूपमा जोडिएको सम्बन्धलाई बाहिर निकाल्न निकै गाह्रो हुन्छ । तर, सम्बन्ध अगाडि बढ्न नसकेको अवस्थामा पनि हामी आफूलाई कसरी खुसी राख्ने र सम्बन्ध कायम राखिरहने उपायको खोजीमा रहन्छौँ । यस्ता उपायको खोजी गर्ने क्रममा हामी अधिकांश गलत बाटो समातिरहेका हुन्छौँ, जसका कारण सम्बन्ध... जारी राख्नुहोस...
-