-
अन्ततः सिद्धबाबा भनिने कृष्णदासलाई एम्बुलेन्समै हालेर लग्यो प्रहरीले, रुँदै महिलासँग भने मलाई माफ गरिदेऊ (भिडियोसहित)
मंसिर १६, इटहरी । आफ्ना भक्त महिलालाई बलात्कार गरेको आरोपलागेको लामो समयपछि सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोप लागेको समयदेखि नै बिरामी भएको भन्दै अस्पतालमा रहेका गिरीलाई सोमबार बिहान ५ बजे प्रहरीले अस्पतालबाटै एम्बुलेन्सान हालेर जिल्ला प्रहरी कार्यालय सुनसरी लगेको हो ।
उनलाई आइतबार दिउँसो हार्टअट्याक भएको भन्दै विराटनगरस्थित बिराट नर्सिङ होमको आइसीयूमै राखिएको थियो । बलात्कार जास्तो मुद्दामा प्रहरीले पक्राउ नगरेको भन्दै विरोध हुन थालेपछि प्रहरीले अस्पतालबाटै गिरीलाई पक्राउ गरेको हो ।
गिरीको स्वास्थ्य अवस्था सामान्य देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले बताए । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको प्रहरीले जनाएको छ ।
यसअघि सिद्धबाबा भनिने गिरीले आफ्नो गल्ती भएको भन्दै पीडित महिलासँग माफ गर्न र आफूलाई बचाउन आग्रह गरेको अडियो सार्बजनिक भइसकेको छ । उक्त अडियोमा कृष्णदासले आफुबाट गल्ती भएको भन्दै रुँदै ती महिलासँग माफि मागेका छन् भने आफूविरुद्धको उजुरी फिर्ता लिन पनि आग्रह गरेका छन् ।
ती महिलाले आफूमाथि कृष्णदासले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । शुरुमा प्रहरीले समेत उक्त महिलाको जाहेरी लिन मानेको थिएन ।
https://www.youtube.com/watch?v=IhEgu6JzJc8&feature=emb_logo
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २६, काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला... जारी राख्नुहोस...
-
-
संकेत कोइराला, भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफु भन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा मेरो दिनप्रतिदिन प्रेम बढ्दै जाओस्’ भन्दै लिन इन्कार गरिदिए । भरतपत्नी... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा शुभकामना व्यक्त गरेका छन् ।पार्टीका तर्फबाट आज एक शु... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडौं । देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । बहालवाला तथा यसअघि प्रशासकीय अधिकृत भई काम गरेका अधिकृत भने जनप्रतिनिधिका अनुचित दबाब झेल्नुपर्ने तथा बजेट र योजनालग... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडाैं । वि.सं. २०७६ मंसिर २६। बिहीबार। इ.स. २०१९ डिसेम्बर १२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। पूर्णिमा, ११:०२ उप्रान्त प्रतिपदा। नक्षत्र– रोहिणी, ७:२० बजेउप्रान्त मृगशिरा। योग– साध्य, १५:३० बजेउप्रान्त शुभ। करण– वव, ११:०२ बजे... जारी राख्नुहोस...
-
-
मंसिर २५, सिरहा । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् ।अखिल नेपाल क... जारी राख्नुहोस...
-
-
मंसिर २५, मकवानपुर । गएराती मकवानपुरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।मकवानपुरको फरक–फरक स्थानमा सवारी दुर्घटना हुँदा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको हो थप दुई जना घाइते भएका हुन् । मकवानपुरको हेटौंडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार कञ्चनपुरको महाकाली नगरपालिका–२ मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको मृत्यु भएको हो । घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुनिता विष्ट, ललिता बोहरा... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौँ। गोलबजार–९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन् । गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।१५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत उ... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौँ । प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।इलाका प्र... जारी राख्नुहोस...
-