nic asia bank

विश्व प्रकाश शर्मालाई जाति, वर्ग अहंकारबाट मुक्त हुन आग्रह गर्दै

Ved International Education Consultancy

‘चौथो विश्व नाम एउटा देशको मुल जनसंख्याबाट आएको आदिवासी जनतालाई दिएको हो, जो आज आफनै क्षेत्र तथा त्यस्को लाभहरुबाट आंशिक वा पुर्णरुपमा बिमुख छन ।’ चौथो विश्वका जनताको राष्ट्र–राज्य (जुन भित्र हाल उनीहरु अनुबन्धित छन) मा सिमित वा बिल्कुलै शून्य प्रभाब छ ।
(वर्ड चर्चिल)

हावर्ड विश्व बिद्यालयका राजनीति शास्त्रका प्राध्यापक स्यामुएल पि. हन्टिङटनको मत अनुसार, अबको नयाँ विश्वमा स्थानीय राजनीति जातिय राजनीति हुनेछ, भने अन्तराष्ट्रिय राजनीति सभ्यताको राजनीति हुनेछ । महाशक्तिहरु बिचको दुश्मनी सभ्यताहरु बिचको द्वन्द्वले प्रतिस्थापन गर्नेछ ।
(हन्टिङ्टनस् १९९६)

त्यसरी नै विश्व आदिवासी अध्ययन केन्द्रका अध्यक्ष डा. रुडोल्फ सि. राइजर भन्छन ‘चौथो विश्व राष्ट्रहरुमा जनताले उनीहरुको पक्षबाट जे सोच्दछ, निर्णय गर्दछ र कार्यन्वयन गर्दछ त्यसैले आउँदो पुस्ताहरुको निमित्त बनाइने विश्वका धेरै अन्तराष्ट्रिय नितिहरु प्रभाबित हुनेछ ।’

अझ अमेरिकाको केन्द्रिय गुप्तचर बिभाग (सिआइए) अन्तर्गतको राष्ट्रिय सुरक्षा परिषदको उपाध्यक्ष ग्रहाम ई. फुलरको निचोड छ, ‘अबको विश्व ब्यवस्थामा जुन राज्यहरु जस्ले आफ्ना जातिय अल्पसंख्यकहरुको उनिहरुले बिगतमा भोगेको पीडामा मलम लगाउने र भबिष्यमा बृहत आत्मनिर्णयको अधिकार लिने चाहनाहरुलाई सन्तुष्ट हुने गरि ब्यवस्थापन गर्न सक्दैन, ती (राज्यहरु) टुक्रने पक्का छ ।’

यी भनाइहरुबाट के साबित हुन्छ भने अबको विश्वमा कुनै पनि खाले स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय नितिहरु बनाउँदा विश्व भरिकै प्रथम राष्ट्रहरु आदिबासी जनता लगायत अन्य कुनै पनि किसिमले उत्पिडनमा पारिएको जनताको आकांक्षालाई हिजोका साम्राज्यबादीहरुले गरे जस्तै बेवास्ता गरि निर्माण गर्न असम्भव प्रायः भई सकेका मात्र छैनन्, बरु अब बन्ने नितिहरुले उनिहरुको विगतको पिडामा मलम लगाउने र भविष्यको बृहत् आत्मनिर्णयको चाहनालाई पुर्ण सम्मान गर्न अनिवार्य भई सकेको छ ।

विश्व राजनीतिक मञ्चमा आएको यसखाले बैचारिक र बस्तुगत परिवर्तनले सर्बत्र ऐतिहासिक राष्ट्रिय मुक्ति आन्दोलनलाई नयाँ विश्व ब्यवस्था निर्माण प्रक्रियाको केन्द्र बिन्दुको रुपमा हेरेको छ ।

परिणामतः हिजो देखि नै अर्थ राजनीतिको बैचारिक नमुना (प्याराडाइम) भित्रै विकाश भएको लोकतान्त्रिक ब्यवस्था र लोकतान्त्रीकरण प्रक्रियाले पहिचान राजनीतिको बैचारिक नमुना (प्याराडाइम) ले विकाश गरेको बहुल राष्ट्रबाद, संघीयता, धर्म निरपेक्षता आदि राजनीतिक मान्यताहरुलाई समायोजन गर्न बाध्य भएको छ ।

यिनै चौथो विश्वको मान्यताहरुले आज अर्थराजनितीको आधारमा बिकसित मुलुक भनिएका प्रथम विश्वको मुलुकहरू दोस्रो र तेस्रो विश्वका मुलुकहरूमा नवचेतना सहित नवयुग निर्माणको लहर ल्याउन सफल भई सकेको छ ।

यस परिप्रेक्ष्यमा एकातर्फ विश्व सरकारको रुपमा रहेको सयुक्त राष्ट्र संघको विश्व शान्ति तथा बिकास नितिहरुमा विश्व राजनीतिमा आएको परिवर्तनहरु प्रष्ट रुपमा प्रतिबिम्बित हुन थालेको छ ।

आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र, अन्तराष्ट्रिय श्रम संगठन अभिसन्धी नस १६९, नश्लको आधारमा हुने विभेद विरुद्धको डर्बन घोषणा पत्र लगायत यु.एन. संलग्न भई निर्माण गरेका अन्य धेरै नितिहरुले यस खाले परिवर्तनहरुलाई आत्मसाथ गरेको देखिन्छ ।

अर्को तर्फ उदारवाद र नवउदारवाद भनिएको सिद्धान्तको जगमा उठ्न थालेको नवदक्षिणपन्थी पुजिवादी जनमत द्वारा प्रभावित विश्वका अभिजात वर्गको स्वार्थलाई संरक्षण गर्न गठन भएको क्षेत्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु जस्तैः (विश्व व्यापार संगठन, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एशियाली बिकास बैंक, आठ औद्योगिक राष्ट्रहरुको समुह लगायत संघ–संगठनहरुको नीति भने परिबर्तित राजनीति प्रती अनुदार मात्र नभई विश्वका प्रथम राष्ट्र आदिवासी अन्य उत्पिडित जाती वर्गका जनता लगायत पिछडिएका समुदायहरु प्रती पुर्ण रुपमा विभेदकारी रहेको छ ।

क्रमशः

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil