nic asia bank

आजबाट चौका दाउ रिलिज

Ved International Education Consultancy

काठमाडौं । सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ आजबाट रिलिज भएको छ । देशभरका ७ दर्जनभन्दा बढी सिनेमा हलमा चलचित्र रिलिज भएको निर्माण पक्षले जनाएको छ । 

 “माघे सक्रान्तीको अवसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउने छ,” चौका दाउका परिकल्पनाकार शम्भुजीत बासकोटाले भने, “कमेडी जानराको यो चलचित्रले सामाजिक सन्देश पनि दिनेछ ।” 

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीको निर्माण चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका छन् । चलचित्रमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह, अजश्र ढुँगाना र वर्षा राउत मुख्य भूमिकामा छन् । 

 अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशंकर रिजाल लगायत छन् । 

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil