nic asia bank

विद्यालय सञ्चालक विरुद्ध अख्तियारमा सामुहिक उजुरी गर्ने तयारी

फनपार्क विरुद्ध संघर्षका कार्यक्रम घोषणा

Ved International Education Consultancy

कात्तिक २९, धरान । डिपोट मा.वि. धरानले भोगाधिकार भएको जग्गा भाडा लगाएर फनपार्क निर्माण गर्न दिएको प्रति विरोध जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरिएको छ ।

विद्यालयले क्षेत्राधिकार, सम्झौता, सार्वजनिक खरिद ऐन, शैक्षिक उद्देश्य र मर्यादा विपरित अस्पताल र शैक्षिक संस्था जस्तो संवेदनशील क्षेत्रको हाताभित्र फन पार्क निर्माणका लागि इजि राइडर्स बिजीनेस ग्रुप प्रा.लि., लाई तीन विगाहा जग्गा लिजमा दिएको विरुद्ध वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्यहाँ कार्यरत कर्मचारी, विद्यार्थी र चिकित्सकले संघर्षको घोषणा गरेका हुन् ।

प्रतिष्ठान र त्यहाँ आबद्ध मेडिकल एण्ड डेन्टल शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाज र विद्यार्थी कल्याण समाजले चरणवद्ध संघर्षका कार्यक्रम घोषण गरेको बताएका छन् ।

डिपोट मा.वि. को सञ्चालक समितिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सामुहिक उजुरी दिने घोषणा

प्रतिष्ठान अन्तर्गतका मेडिकल एण्ड डेन्टल शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाज र विद्यार्थी कल्याण समाजको संयुक्त भेलाले डा. विष्णु पोखरेल संयोजक र सुजेन्द्र तामाङ सदस्य सचिव रहेको तथा सबै समाज, नेपाल मेडिकल एशोसिएसन र नर्सिङ एशोसिएशन अफ नेपालको समेत प्रतिनिधित्व रहने गरी संघर्ष समिति गठन गर्नुका साथै संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेको छ ।

वी.पी. प्रतिष्ठान र डिपोट बचाउनका लागि सबै समाज एक भएर संघर्ष गर्नुपर्ने आवश्यकता देखिएकाले संघर्ष समिति नै बनाएर संघर्षका कार्यक्रम घोषणा गरिएको संयोजक पोखरेलले बताए ।

स्कुलले प्रतिष्ठान र डिपोट स्कुल वीच भएको निर्णय एवम् सहमति, प्रतिष्ठानको संचालक परिषदको निर्णय, स्वास्थ्य मन्त्रालयको निर्णय, मन्त्रिपरिषदको निर्णय र भूमिसुधार मन्त्रालयको निर्णय बमोजिम विद्यालय प्रयोजनका लागि मात्र भोगाधिकार पाएको प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा र भवनलाई नेपाल सरकार र प्रतिष्ठानको स्वीकृति विना अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाउने र अस्पताल र शैक्षिक संस्था जस्तो संवेदनशील एवम् शान्ति क्षेत्रमा शैक्षिक गतिविधि र अस्पताल सेवा विस्तार वाहेकका गतिविधि गर्न नमिल्ने संघर्ष समितिका सदस्य सचिव सुजेन्द्र तामाङले बताए । उनले यस्तो कार्य भएमा डिपोट र प्रतिष्ठानको अस्तित्व नै संकटमा पर्दै जाने भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको जिकिर गरे ।

भेलाले र्याली सहित धरान नगर परिक्रमा गरी फनपार्क निर्माण स्थलमा प्रर्दशन गर्ने, प्रतिष्ठानव्यापी हस्ताक्षर अभियान सञ्चालन गरी प्रधानमन्त्री एवम् कुलपति, स्वास्थ्य मन्त्री एवम् सहकुलपति, प्रदेश १ का मुख्यमन्त्री, धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रतिष्ठानका उपकुलपति, डिपोट मा.वि. लगायत सम्बन्धित निकायहरुमा बुझाउने भएको छ ।

यसैगरी डिपोट मा.वि. को सञ्चालक समितिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सामुहिक उजुरी दिने र धरानका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र सरोकारवालाहरुसँग नागरिक संवाद गर्ने लगायतका कार्यक्रमहरु घोषणा गरेको छ ।

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path