nic asia bank

सृजनशीलता ईमान्दारीता देखाई सहकार्य र साझेदारी गरी अगाडी बढ्नुपर्छ: सभापति दिलकुमारी 

Ved International Education Consultancy

पुस २७ चितवन । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समन्वय समितिकी सभापती दिलकुमारी रावल (पार्वती) ले अबको युग निर्माण र सृजनाको युग भएको भन्दै नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताएकी छिन् ।

नयाँ परिकल्पना गरेर अगाडी बढ्नुपर्छ, उनले भनिन् । हामी सबैको मिहिनेत र योगदानले आएको यो युगलाई सृजनशीलता ईमान्दारीता देखाई सहकार्य र साझेदारी गरी अगाडी बढ्नुपर्छ । जिल्ला समन्वय समिति चितवनको गत आ.व. २०७४ र ७५ चालु.व. २०७५ र ७६ को प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताईन् । सभापति रावलले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न कडा अनुगमन हुनु अनिवार्य रहेको टिप्पणी गरिन् ।

साथै उनले पहुँच भएको ठाउँमा मात्र हुने विकास अन्त्य भएको भन्दै समान रुप र आवश्यकता अनुसार विकास हुने निति सरकारले अगाडी सारेको स्पष्ट पारिन् । विकास लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा सभापति रावलले जोड दिईन् । उनले स्थानिय निकायहरुले अपेक्षित गती अझै लिन नसकेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिईन् । सरकारले सञ्चालन गर्ने सम्पूर्ण आयोजनाहरुलाई समयमा नै सम्पन्न गराउँनका लागि अनुगमन गरिने बताएकी छिन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले जिल्लाको समान विकास लागि जिल्ला समन्वय समिति तत्पर रहेको भन्दै नेपाल सरकारबाट स्वकृती भई आएको जिसस मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ का बारे विषयमा जानकारी गराएका थिए । कार्यक्रममा जिससका उपप्रमुख मुना कुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

भने पूर्वधार विकास कार्यालय चितवनका प्रमुख पुष्करप्रसाद पोख्रेरलले केन्द्र र प्रदेश सरकारको निति स्पष्ट नहुदाँ स्थानिय तहमा समस्या देखिएको बताएका थिए । कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन हेर्दा जिल्लाका नगरहरु स्मार्ट सिटिको अवधारण राखे पनि आफै स्मार्ट हुने नसकेको चितवन उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले औल्याए । कार्यक्रममा गरिएको प्रस्तुती हेर्दा चितवनको विकास मध्यस्तरको देखाईएको छ । सबैभन्दा धेरै भरतपुर महानगर र कालिका नगरपालिका बाटो निर्माणको काम भएको छ । भने विविध खालका समस्याले यथावत रहेको छ ।

भने भौतिक र वित्तिय प्रगति भने सन्तोषजनक रहेको दावी गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मी, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यत्र पुरी, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, माडी नगरपालिकाकी उपमेयर ताराकाजी महत्तो, जिससका सदस्य चुणमणि महत्तो लगायतले बोलेका थिए ।

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil