-
खुट्टा गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुस् यी ७ उपाय
मंसिर १३, काठमाडौं । खुट्टा गन्हाउने समस्या आम समस्या हो । गन्हाउने समस्या फङगसबाट हुन्छ । खुट्टा तातो भएर पसिना आउँदा फङगस उत्पन्न हुन्छ । जसका कारण गन्हाउन सुरु हुन्छ ।
यो समस्या भइसकेपछि ३–४ हप्तासम्म ध्यान दिनुपर्छ । यसका लक्षणहरू विशेष गरी खुट्टाको औंलाको कापमा र छालामा चिरा पर्ने, फोका निस्की पानी भरिएर फुट्ने र पोलिरहने पनि हुन्छ ।
यस्ता केही उपायहरु छन् जसले ती समस्याहरु केही हदसम्म कम गर्न सकिन्छ ।
खुट्टाको स्याहार
गन्हाउने समस्या भएका बेलामा खुट्टामा जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका साना चिरा दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ ।
यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फङगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी भिजाउँदा छाला केही नरम हुन्छ र फङगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ।
खाने सोडाको प्रयोग
यो समस्या देखापरेपछि खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केहीबेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ।
मरेको छाला हटाउने
यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनुपर्छ । किनभने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा ब्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेषगरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ।
जुत्ता ओभानोरसुख्खा पारेर लाउने
यस्तो समस्या पर्ने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेषगरी गर्मीयाममा त जुत्ताभन्दा चप्पल÷स्लीपर जुत्ता लगाए नै वेश हुन्छ। जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ।
सूतीको मोजाको प्रयोग
मोजा गन्हाउने र हिलो उछ«ने जस्ता समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकि त्यसमा फङगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगन्हाओस्।
खुट्टा सुख्खा राख्ने
नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टाका काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र फङगस पनि केही कम हुन्छ।
चप्पलको प्रयोग
स्वीमिङ पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किनभने यस्तो ठाउँबाट फङगस सर्ने बढी सम्भावना हुन्छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २५, काठमाडौँ । पैसाको अभावले उपचार गराउन नसकेका बिराटनगर—५ शंकरबारीका एक ६० वर्षीय वृद्ध बिरामीलाई एमबीबीएस अध्ययनरत युवाले उद्धार गरेका छन् । स्थानीय स्यामलाल सतारलाई न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टका छोरा रितिक विष्टले उद्धार गरेका हुन् । मस्तिकभित्र रक्त नली फ... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौ । जाडो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा पनि विशेष ध्यान दिनुपर्छ । चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसोमा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगको संक्रमण शुरु हुन थाल्छ । च... जारी राख्नुहोस...
-
-
मंसिर २४, काठमाडौं । पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धी ग्लोबल प्यानल र राष्ट्रिय योजना आयोगको संयूक्त आयोजनामा भोकमरी सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार स्वस्थ आहार प्रदान गर्न, भोकमरी अन्त्य गर्न र कुपोषण तथा नेपालमा जलवायु परिवर्तनका चुनौतीहरू सम्बोधन गर्नका लागि विद्यमान खाद्य... जारी राख्नुहोस...
-
-
मंसिर २४ । अहिलेको सूचना र प्रविधीको युगमा यो लभ भन्ने विज्ञान निकै फस्टाएको छ । किनभने अहिले बाबा आमा र आफन्तहरु गर्ने माया त छर्दै छ । तर यहा एक प्रेमी र प्रेमिकाले गर्ने माया कुरा गर्न लागिरहका छौ ।जहाँ भनिन्छ , मायामा , जातभात ,सानोठुलो हेरिदैन् । यदि परि हालेमा एकले अर्कालाई ज्यान दिन समेत पनि... जारी राख्नुहोस...
-
-
मंसिर २४, डोटी । स्वास्थ् चौकि इन्चार्जको रिहाईको माग गर्दै डोटीमा आज (मङ्गलबार) देखि स्वास्थ्यकर्मीहरुले आन्दोलन गर्ने भएका छन् । जोरायल गाउँपालिका वडा नम्बर १ मा रहेको खार खोप केन्द्रमा गत मंगलबार ५ महिने बच्चालाई खोप लगाउँदा ५ महिने शिशु प्रविण मल्लको ज्यान गएपछि पीडित पक्षले लापरबाहीका कारण बच्च... जारी राख्नुहोस...
-
-
मंसिर २४, काठमाडौं । पेट दुख्ने समस्या हामी सबैको साझा समस्या नै हो । यसको समस्या धेरैमा पाइन्छ । पेट दुखेमा बजारमा धेरै औषधीहरु पाइन्छन । तर, बजारमा पाइने औषधी भन्दा घरेलु उपाय अपनाएमा शरीरलाई धेरै फाइदा हुन्छ । कतिपय औषधीहरु व्यथा घटाउने भन्दा बढाउने खालको हुन्छन् । त्यसैले सकेसंम घरेलु औषधी कै प्... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । भ्रष्टाचार र वेथितिले ढल्न लागेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तङ्ग्रिने क्रममा छ । प्रतिष्ठानमा भइरहेका पछिल्ला सुधारका कामले प्रतिष्ठान सुधारोन्मुख अवस्थामा गएको छ । खासगरी ब्यवस्थापन र उपचार सेवामा अहिले प्रतिष्ठानमा धमाधम योजना बनाएर काम थालिएको प्रतिष... जारी राख्नुहोस...
-
-
काठमाडौं । नेपालको सबैभन्दा ठूलो एक मात्र विस्तृत मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल शो’ यहि डिसेम्बर १३–१५ (मंसिर २७–२९) काठमाडौंको भृकुटिमण्डपमा हुँदैछ । यस प्रदर्शनी संगै ‘नेपाल ल्याब एक्स पो’ र ‘हेल्थकेयर सप्लाई चेन शो’ पनि आयोजित हुनेछन् । हेल्थकेयर सप्लाई चेन शो भने यसै वर्ष मात्र इ... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडाैँ । नेपालको सबैभन्दा ठूलो एक मात्र विस्तृत मेडिकल र डायग्नोस्टिक प्रदर्शनी “नेपाल मेडिकल शो” यहि डिसेम्बर १३ तारिख देखी १५ तारिख सम्म (मंसिर २७–२९) काठमाडौँको भृकुटी मण्डपमा हुँदैछ । यस प्रदर्शनी संगै “नेपाल ल्याब एक्सपो” र “हेल्थकेयर सप्लाई चेन शो”पनि आयोजित हुनेछन्। हेल्थकेयर सप्... जारी राख्नुहोस...
-
-
मंसिर २२, जनकपुर । जनकपुरमा आयोजना गरिएको वाउ फेस्टिभलको मेडिकल पार्टनरका रुपमा नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरुको पाठेघरको जाँच गरेका छन् । मंसिर २० र २१ माआयोजना गरिएको वाउ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य सँगै विभिन्न विधामा अर्न्तक्रिया बिचार गोष्ठि... जारी राख्नुहोस...
-