nic asia bank

कम्युनिस्टहरूका विश्वव्यापी समानताहरू

Ved International Education Consultancy

समाजवादको अन्तिम बिन्दु सबै नागरिक एकै खाने, एकै ठाउँमा बस्ने हुनेछ । अर्थात् पृथ्वीमा सबै मानवको साम्य अवस्था बनाउनुपर्छ ।

मार्कसको यो राजनैतिक व्याख्यालाई नै लेलिन, एंग्गेल्सहरूले जनतामा भ्रम फैल्याएर आकर्षित गरे । उनीहरूको त्यस अवधारणालाई (cummun) साम्य भनियो । यस सिद्धान्तलाई communism साम्यवाद भनियो । यसका हिमायती बस्ने ठाउँलाई पनि cummun कम्युन भनियो र त्यहाँ बस्ने, त्यसरी बस्नेलाई र यो अवधारणा मान्नेलाई cummun, cumman हुँदै (cummunist) कम्युनिस्ट भनियो । कम्युनिस्टहरूले आफ्ना साथीलाई, कम्युनमा बस्नेलाई (Cummered) कमरेड भन्ने गरे । कहीँ कहीँ त कम्युनको व्यवस्था पनि गरियो । तर यो प्रयोग फगत सत्ताप्राप्ति नहुन्जेल जनतामा भ्रम सिर्जना गर्नमात्र गरियो । यो कहिल्यै सम्भव भएन र हुँदैनथ्यो पनि । अब पनि कहिल्यै हुदैन ।

संसारभरि जहाँजहाँ कम्युनिस्ट पार्टीले शासन गरे, तिनको साझा उत्पादन भनेका विपन्नता नै हो ।

अर्कोतर्फ समाजवादमै लोकतन्त्र समावेश गर्दै मानिसको ऊर्जा, जागर र क्षमता फरक हुने र बालक, जवान अनि वृद्ध गरी फरक फरक शक्त र अशक्त अवस्थाबाट मानिस गुज्रिनुपर्ने भएको हुंदा मानिसको आर्जन गर्ने, मेहनत गर्ने बौद्धिक र शारीरिक क्षमता पनि फरक हुने हुँदा मानिसले गर्ने आर्जनमा र त्यसको संञ्चितीमा र उसको पुख्र्याैली सम्पत्तिमा पनि जहिल्यै फरक हुन्छ ।

यिनैकारण संसारमा मानिसहरूको अवस्था आर्थिक रूपमा एक अर्कामा कहिल्यै समान हुन सक्दैन । त्यसैले त्यहा राज्य उपस्थित भएर लोकन्त्रात्रिक भई मानिसका समान न्यूनतम आवश्यकता चै पूरा गरी राज्य कल्याणकारी हुनु पर्दछ । कल्याणकारी राज्यले समतामूलक समाजको निर्माण गरि न्यूनतम अाबस्यकता चै उपलब्धतामा सबै नागरिकलाइ समान अबसर र सुविधा चै सम्भव हुन्छ भन्ने अर्को लोकतान्त्रिक चिन्तनको प्रयोग आज सम्भव भएको छ । हुंदै जाने क्रममा छ ।

आजसम्म न कुनै कम्युनिस्ट कम्युनमा बसे न त उनीहरूले आफ्नो जीवन सबै मानिस सरह बिताए । बरु नेता भनौंदाहरू चाहिँ सत्ता प्राप्ति पछि कुनै राजा र तानाशाहले नबिताएको जीवनशैली बिताउन उद्यत् भए । अनि कम्युनिस्टहरूकै बीच असमान अवस्था सिर्जना भयो र आफैंमा मारकाट हुँदै आयो । र कम्युनिस्टसँगसँगै उनीहरूले सिर्जना गरेको भ्रम र शासन दुवै धराशायी बन्दै गयो । त्यस क्रममा उनीहरूले यस संसारमा विकृतिका केही समान नमुनाहरू, अवशेषहरू र संस्कृतिहरू छोडेका छन्, पछ्याइ नै रहेका छन् । केही उदाहरण हेराै।

एक : विपन्नताः

संसारभरि जहाँजहाँ कम्युनिस्ट पार्टीले शासन गरे, तिनको साझा उत्पादन भनेका विपन्नता नै हो । रूस, चीन, उत्तर कोरिया, क्युवा वा यस्तै परका मात्र होइन छिमेकी देश भारतको पश्चिम बंगालसम्मको उदाहरण यस्तै छ । पश्चिम बंगालमा कम्युनिस्ट पार्टीले ३५ वर्ष शासन गर्यो । भारतको यो प्रदेश (भीम राना, साम्यवाद, १००) यति खेर संसारभरिकै सबैभन्दा बढी माग्नेहरू छन् ।

दुई : बन्धक नागरिक :

जहाँजहाँ जुन जुनबेला कम्युनिस्ट पार्टीले शासनमा पुगेर (निर्वाचित बाहेक) तिनले सबैभन्दा पहिले सुरु गरेको विषयमा पर्छ आवतजावतमा रोक । कम्युनिस्टले पठाएका बाहेक कुनै पनि नागरिक विदेश जान पाउँदैनन् । त्यतिमात्र होइन आफ्नै देशभित्रको अर्को भूभाग पनि उनीहरूका लागि प्रतिबन्धित भयो र त्यो अवस्था अहिलेसम्म कायम छ । उत्तरकोरिया, चीन, क्युवा त्यसका अहिलेसम्मका उदाहरण हुन् । चीनमा ठूलो बन्द व्यापार देखाएको अवस्थामा केही खुकुलो पारिएको छ भने एउटा जिल्लाबाट अर्को जिल्लामा बसाइसराइ त्यहाँ पनि हुन सक्तैन । रूसमा पहिले त्यस्तै थियो ।

तीन : भाषामा प्रतिबन्ध :

कम्युनिस्ट शासन भएको देशमा अरू देशको भाषा सधैं प्रतिबन्धित छ । विदेशबाट गएका विद्यार्थीहरू समेतले त्यही देशको भाषामा शिक्षा लिनुपर्दछ । कम्युनिस्ट शासकहरूले दोभाषे उत्पादन गर्न आफ्ना केही व्यक्तिलाई विदेश पठाएर पढाएका अवस्थामा बाहेक अरू कुनै देशको भाषा बुझ्दैनन् । भाषाको अज्ञानताका कारण कम्युनिस्टले शासन गरेका देशका नागरिक बाहिरी संसारका कुनै पनि कुराबाट बञ्चित रहँदै आएका छन् । यसले ती देशमा लोकतान्त्रिक पद्धति कायम भए पनि भाषाको अज्ञानताले कम्युनिस्टद्वारा शासित यो देशका जनता सधैं अँध्यारोमा बस्नुपर्ने अवस्था खडा भएको छ ।

चार : आफैंमा दुई वर्ग :

विभिन्न अध्ययनहरूबाट कम्युनिस्ट शासकहरूमा संसारभरि नै मिल्ने एउटा के समानता देखियो भने नेतृत्वतह अत्यन्त सानसौगतमा छुट्टै वर्गको रूरुपमा प्रकट भए । रूस, चीन, कोरिया, क्युवा, रोमानिया जहाँको उदाहरणले पनि यही कुरा बुझाउँछ । जनता अभावमा पिल्सिरहेका बेला पार्टी नेतृत्व र उसले छानेका व्यक्तिहरूलाई विशेष खाद्यपसलहरू, अस्पतालहरू, मनोरञ्जन केन्द्रहरू र यहाँसम्म कि राम्रा सूचीकारहरू र शृंगारका समानहरू विशेष रूपले उपलब्ध गराइन्थ्यो । यो क्रम कम्युनिस्ट पार्टी नढलुन्जेल जहाँ कहीँ पनि कायम रह्यो । जनतालाई सिनेमा हेर्न ।

पाँच : अभावमा मृत्यु :

कम्युनिस्ट शासनको संसारभरिकै अर्को समान विशेषता हो चरम अभाव र त्यसमा राज्यले सम्बोधन नगर्दा करोडौं व्यक्ति भुखमरीबाट मारिनु । चीन र रूसमा मात्रै राज्यले खडा गरेको अभावका कारण ५ करोड मान्छे मारिएका विवरण विभिन्न अध्ययनहरूले देखाएका छन् । यिनका तुलनामा धेरै सानो उत्तर कोरियामा मात्रै जनताबाट अन्न खोसेर सेनालाई वितरण गर्दा २० लाख व्यक्ति भुखमरीबाट मारिए ।

छ : नरसंहारको उर्दी :

कम्युनिस्ट पार्टीले जहाँ शासन सुरु गरे तिनको पहिले नै नरसंहारका लागि उर्दी जारी गर्नु रह्यो । लेनिनले आफ्नो कामै राज्यआंतकबाट सुरु गरेका थिए । उनले गाउँ तहसम्म तार पढाएर क्रान्तिमा एक सय जनालाई यसरी झुन्ड्याऊ भन्ने आदेश दिए– त्यो देखेर सयौं कोस टाढासम्म सन्देश जाओस् भन्ने लिखित निर्देशन नै दिए । कम्बोडियाको क्रूरता सबैतिर आइसकेको छ । १९४९ मा सत्ता हत्याएका माओले वर्ग विनाशका नाउँमा सत्तारूढ भएको तीन वर्ष बीचमा मात्र २८ लाख मान्छेलाई वर्ग शत्रु भनि मारियो ।

सात : एउटै हविगत :

कम्युनिस्ट शासनका प्रवर्तकहरू ती जसरी आए तिनको अस्तित्व त्यही देशमा उनेका कार्यकालभन्दा बढी जीवित रहेको पाइँदैन । रूसका लेनिन स्टालिन, चीनका माओ, कम्बोडियाका पोलपोट, रूमानियाका चाउचेस्कु आदि यसका उदाहरण हुन् । यसमध्ये केही ठाउँमा त्यो शासन ढल्यो र ती नेतालाई चिनाउने सानोसम्म अवशेष मेट्न चाहे जनताले । तर केही देशजस्तै चीनमा माओ रूसमा स्टालिन आदि । रूसमा लेनिनपछिका स्टालिनले उनको सहयात्रीहरूलाई समाप्त गरेर लेनिनप्रति आफूभित्रको घृणा व्यक्त गरे भने स्टालिनपछि त्यही कम्युनिस्ट पार्टीका लगत्तै सत्तामा पुगेका खु्रश्चेभले उनलाई डरलाग्दो तानाशाहका रूपमा वर्णन गरे । कम्बोडियामा त उसको छिमेकी तर कम्युनिस्ट शासन भएको देश भियतनामले नै आक्रमण गरेर पोलपोटको अन्त्य गरायो ।

आठ : एक व्यक्तिको सर्वोच्चता :

जनताका नाममा कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टीका काम पोलिटब्युरो, पोलिटब्युरोको नाममा महासचिवको सर्वोच्चता संसारभरिका कम्युनिस्ट पार्टीका समानता हुन् । एकदलीय र त्यसको एक व्यक्ति अधिनायकवादको शैलीलाई बहुदलीय पद्धति भएका देशका कम्युनिस्ट पार्टीमा पनि हुबहु रूपले अपनाउँदै गए ।

संसारभरिका कम्युनिस्ट शासकहरू जहिले तिनीहरू सत्तामा पुगे त्यो पार्टी र तिनका महासचिवका अध्यक्षले चाहेको बाहेक लेख्न पढ्न र बोल्नसमेत प्रतिबन्ध लाग्यो ।

नौ : प्रेस सञ्चार शून्य :

संसारभरिका कम्युनिस्ट शासकहरू जहिले तिनीहरू सत्तामा पुगे त्यो पार्टी र तिनका महासचिवका अध्यक्षले चाहेको बाहेक लेख्न पढ्न र बोल्नसमेत प्रतिबन्ध लाग्यो । चीनमा माओले आफ्नो मृत्यु नहुँदासम्म कम्युनिस्ट पार्टीले तयार परेको स्कुले पाठ्यसामग्री बाहेक स्वतन्त्र रूपले पढ्न दिइएको पुस्तक थियो माओको रातो किताब । रूसमा स्टालिन मरेपछि मात्र सञ्चारमा केही साधन खुले । उत्तर कोरिया र क्युवामा यो बेलासम्म पनि शासकहरूले आफ्नो व्यक्तिगत प्रयोगका लागि व्यवस्था गरेको बाहेक टेलिफोन र टेलिभिजन केही छैनन् । रूसमा जारशाही हुँदा कुन कुरा प्रकाशित गर्न पाइँदैन भन्ने मात्र प्रतिबन्ध थियो भने कम्युनिस्ट पार्टीले शासन सुरु गरेपछि लेखकहरूले समेत के लेख्नुपर्छ भन्ने निर्देशन दिन थालियो । कम्युनिस्ट समर्थकबाहेक कुनै प्रकाशन प्रतिबन्धित रहे । रूसको यो प्रतिबन्ध त्यसपछिका सबै कम्युनिस्ट शासकहरूले आधारपत्र बनाए ।

दस : कोटामा कारबाही :

कम्युनिस्ट शासनको विश्वभाषी अर्को समानता हो व्यक्तिलाई कोटा तोकेर कारबाही गर्नु । रूसका स्टालिनले प्रतिपादन गरेको यो सिद्धान्त त्यसपछि जहाँजहाँ यस्तो शासन विस्तार भयो ती ठाउँमा फैलँदै गए । महाआंतकको संज्ञा पाएको यो पद्धति १९३६–३८ मा रूसको कम्युनिस्ट पार्टी पोलिटब्युरोले प्रहरीलाई कारबाही चलाउने भनी निर्देशन दिएर सम्बन्धित जिल्लामा कतिको संख्यालाई पक्राउ गर्ने र तीमध्ये कति प्रतिशतलाई जेल तथा कतिलाई गोली हान्ने कोटा तोकियो । यसमध्ये पहिलो लटमा पक्राउ परेका ३५ हजारमध्ये पाँच र दोस्रोमा ७० हजारमध्ये सबैलाई गोली ठोकियो । उनले आफ्नो अपराध सुन्नसमेत पाएनन् । जो कोहीलाई अपराधी ठहर गर्ने परम्परा यहीबाट सुरु भएको यो कोटा कारबाहीको प्रक्रियालाई पछि माओ, पोलपोट र फिदेललगायत अधिनायकहरूले अनुसरण गरे ।

एघार : मृत्युदण्डको आदेश महासचिवबाट :

मृत्युदण्डजस्तो सजाय र उनकै हस्ताक्षरबाट दण्ड दिनु अर्को समान विशेषता हो । रूसमा स्टालिनले १९ डिसेम्बर १२ को एउटै दिन ५ हजार व्यक्तिलाई मृत्युदण्ड दिने आदेशपत्रमा हस्ताक्षर गरे । कुनै विधि पु¥याउन पनि कानुनी हैसियत राख्ने निकायमा पुग्नुपर्छ । यहाँ त्यसो गरिएन । यही परम्परा यसरी फैलियो कि कम्युनिस्ट पार्टीको सर्वोच्च व्यक्तिको हस्ताक्षरबाट कम्युनिस्ट देशका नागरिकले मृत्युदण्ड पाउन थाले । यो आदेश दिएर त्यसदिन स्टालिन एउटा ‘‘मस्त मानिसहरू’’ नामको हास्य चलचित्र हेर्न गए । पछि माओले त्यसैलाई अनुसरण गर्दै मान्छे मार्ने आदेश दिएपछि त्यो रात आफ्नो निवासमा विशेष नृत्यको आयोजना गर्ने गरेका विवरण धेरै ठाउँमा आएका छन् ।

बाह्र : पार्टी सदस्यलाई नै सखाप :

जहाँजहाँ एकदलीय कम्युनिस्ट पार्टीले शासन गरे ती ठाउँको अर्को समान विशेषतामा कम्युनिस्ट पार्टी नै नेतृत्व र सदस्यहरूलाई सखाप पार्नु प्रमुख रहेको पाइन्छ । कुनै एक देशमा सीमित रहेन । कम्युनिज्मले शासन गरेका सबै मुलुकमा यस्तो अवस्था समान थियो । आफ्नैलाई हत्या गर्ने यो परम्परा पनि स्टालिन नै सुरु गराएका हुन् । स्टालिनले त्यसबेला आफ्नो पार्टीको केन्द्रीय सदस्य संख्या १३९ मध्ये ९८ जना र १७ औं महाधिवेशन प्रतिनिधि १९६६ को संख्यामध्ये ११०८ जनालाई गोली हानी हत्या गराएका थिए । स्टालिनपछिका महासचिव ख्रुस्चेभले औपचारिक समारोहमा नै यस्तो खुलासा गरेका हुन् । त्यसपछि संसारभरिका कम्युनिस्ट जो सत्तामा पुगे उनले यसलाई आदर्श नै बनाए ।

तेह्र : कार्यकर्ता जुत्ता चाट्नेहरू :

देशमा साम्यवाद स्थापना गर्ने भन्ने कम्युनिस्ट क्रान्तिको नेताहरूलाई कार्यकर्ताले बुझेका हुँदा रहेछन् भन्ने संसारभरिकै कम्युनिस्ट नेताहरूसँग मिल्ने एउटा उदाहरण नेतृत्व पंक्तिका मानिसहरू अर्कै ग्रहमा बसोबास गर्छन् । यसलाई मंगल ग्रह भनौं । यो केवल राम्रा गाडीहरू र आवासगृहहरूको कुरामात्रै होइन । यो त तपाईंका मन चाहे इच्छाहरू निरन्तर पूरा हुँदै जानु हो, ठूलो संख्याका जुत्ता चाट्ने सेवकहरूले तपाईंहरूलाई घण्टौंसम्म बिनाकष्ट आफूले चाहेका कुरा गर्ने अवसर मिलाइरहन्छन् । तल्लो तहका सम्पूर्ण कार्यकर्ताहरू तपाईंको लागि जेसुकै गर्न पनि तयार हुन्छन् । तपार्इंको प्रत्येक चाहनालाई पूरा गरिन्छ । तपाई मन चाहेअनुसार नाटक हेर्न जान सक्नुहुन्छ, मन चाहेअनुसार सिकार खेल्न सबैको विश्रामगृहबाट जापानतर्फ अडान गर्न सक्नुहुन्छ । यो यस्तो जीवन हुन्छ जसमा हर कुरा सजिलै प्राप्त हुन्छ । तपार्इं कुनै एउटा राजाजस्तै हुनुहुन्छः यसो औंला उठाउनुहोस् र सो कुरा पूरा भइहाल्छ । (– रम्बिव, लेलिनको चिहान ..)

कतिपय कम्युनिस्ट देशमा अहिले पनि निर्देशित रूपमा नेतृत्व छान्ने र विचार लाद्ने काम कायमै छ ।

चौध : निर्वाचन कतै हुँदैन :

कम्युनिस्ट पार्टीमा त्यो दलभित्रै कहिल्यै निर्वाचन भएन । नेताहरू नमरून्जेल शासक भइरहे वा जर्जर वृद्ध भएपछि आफ्नैलाई सुम्पिएर सत्ता छाडे । सबैतिर मिल्ने समानता हो यो । सबैभन्दा लामो शासन रूसको कम्युनिस्ट पार्टीमा १९१७ पछि यताका दिनमा पहिलोपटक १९८५(६९ वर्षपछि) मा मात्र पार्टीभित्र यस्तो आन्तरिक चुनावमा आफ्ना प्रतिनिधिहरूले आफ्नो विचार प्रयोग गर्ने अवसर पायो । कतिपय कम्युनिस्ट देशमा अहिले पनि निर्देशित रूपमा नेतृत्व छान्ने र विचार लाद्ने काम कायमै छ ।

पन्ध्र : कम्युनिस्ट ढल्दा सबै खुसी :

१९१७ बाट एकदलीय कम्युनिस्ट पार्टीले सत्ता सुरु गरेर त्यो फैलिँदै सबैभन्दा छोटो समय चार वर्ष (१९७६–७९) शासन गर्दासम्म कम्युनिस्ट शासन २३ देशमा फैलिइसकेको थियो । ९० को दशकमा आएर जम्मा पाँचवटा देशमा मात्र यो शासन कायम रह्यो । ७० को दशकदेखि चीनले निजी सम्पत्तिलाई छुट दिएर परम्परागत कम्युनिजमको अन्त्य गरिसकेको थियो । यी बीचमा जति कम्युनिस्ट पार्टी ढले त्यहाँ एउटा सामान्य तहको पनि जन विरोध भएन । कम्युनिस्टबाट सताइएकाहरूले खुसी मनाएको यो पनि संसारभरिकै लागि एउटा समान विशेषता हो ।

सोह्र : सबैतिर गुमेको एउटै कुरा :

कम्युनिस्टहरूले जे जसरी शासन गरे त्यो समानताको पक्ष आफ्नो ठाउँमा छ । दुःखद कुरा हो– ती देशका नागरिकले जे गुमाए त्यो सबैतिर एकै प्रकारको भयावह छ । पाइप्स (१५९) अनुसार ‘रूस र यो जस्तै लामो समयसम्म कम्युनिस्ट शासनमा पिसिएको सबै देशहरूमा निर्णय गर्ने अक्षमता मात्रै साम्यवादले दिएको सबैभन्दा कम खालको खति होइन । यसले त ती देशहरूमा कामप्रतिको रुचि सार्वजनिक दायित्वको भावना पनि सखाप पारिदिएको छ ।

रूसमा १९३७/३८ अर्थात् करिब दुई वर्षभित्र मात्र साढे १५ लाख व्यक्तिलाई हिरासतमा लिइयो र तीमध्ये करिब सात लाख गोली हानियो ।

सत्र : मुक्तिदाताले नै बढी मारे :

विभिन्न तानाशाहबाट सत्ता खोसेर कम्युनिस्टहरूले आफूलाई क्रान्तिकारी र जनताका मुक्तिदाता भनी जहाँ र जहिले शासन थाले त्यसपछिको समय आमनागरिकलाई हिरासतमा लिने र हत्या गर्ने काम झन्डै लाख गुना बढी हुने गरी भयो । रूस र चीन र तिनका समर्थक अन्य देश सबैतिर यस्तो हत्याको स्थिति समान छन् । रूसमा १९३७/३८ अर्थात् करिब दुई वर्षभित्र मात्र साढे १५ लाख व्यक्तिलाई हिरासतमा लिइयो र तीमध्ये करिब सात लाख गोली हानियो । रूसमा कम्युनिस्ट पार्टीले शासन सुरु गरेको करिब ४० वर्षपछिको घटना हो यो । त्यहाँको जारशाही जसलाई यो कम्युनिस्ट पार्टीले अपदस्त गरेको थियो त्यो शासनले १८२५ देखि १९१० को बीचमा राजनीतिक अपराधको आरोपमा चार हजार व्यक्तिलाई फासी दिइएको थियो । १९३२ देखि १९३९ को बीचमा सोभियत संघको जनसंख्या एक करोड घटेको विवरण सार्वजनिक आएको थियो । एकदलीय कम्युनिस्ट पार्टीले जहाँजहाँ शासन गरे ती देशमा जनता बेपत्ता भएका यस्ता घटनाका बारे अझै पर्याप्त अध्ययन हुन बाँकी नै छ ।

अठार : खस्कँदो जीवनस्तर :

जुनसुकै हुन् एकदलीय कम्युनिस्ट पार्टीले शासन गरेका देशमा मानिसको जीवनस्तर अत्यन्त दयनीय र देश गरिब रहे । उत्तरकोरिया जहाँ १०१२ सम्म ६७ वर्ष निरन्तर यो पार्टीको शासन छ त्यो देश अहिले संसारको सबैभन्दा गरिब छ । १९८० को दशकमा गरिएको एक अध्ययनले त्यहाँका पूरै आधा संख्याको प्रतिमहिना आम्दानी १० डलर मात्र थियो । चीनमा अहिले पनि ग्रयाजुएटमध्येका ७० प्रतिशत खोला किनारका झुपडीपट्टीमा बसिरहेका छन् ।

उन्नाईस : जनता माथि जासुसीको थुप्रो :

साम्यवादी शासकले सबैभन्दा भरपर्ने पात्र जासुसी हो । चीनमा त्यसबेला सांस्कृतिक क्रान्तिका नाउँमा औपचारिक रूपले भर्ती भएकाहरूलाई जासुसी बनाइएको अवस्था यथावत् छ भने रूसमा १९८० को दशकमा आइपुग्दा प्रत्यक्ष रूपका ५ लाख र अप्रत्यक्ष रूपका १० लाख व्यक्ति आफ्ना जनताको सुराकीमा खटेका थिए । उत्तर कोरियाका प्रत्येक नागरिकले प्रत्येक दिन आफ्नो छिमेकीका बारे उसको गतिविधि नोट गराउनुपर्ने अनिवार्य व्यवस्था छ । जासुसी साम्यवादी शासनको एउटा स्वाभाविक अंग हो ।

बीस : मर्न पाउँदा खुसी :

मानिसको प्रकृति सामान्यतया बाँच्ने प्रयत्न गर्नुहुन्छ तर कम्युनिस्ट शासनले संसारभरि नै एउटा मान्छेले मर्न पाए हुन्थ्यो भन्ने कामना गर्नु र त्यसका लागि जे जे भन्न लगाउँदा त्यो त्यो कबोल गर्न थालियो । मानिस माथि कम्युनिस्टहरूले गरेका ज्यादतीका धेरै विवरण धेरै ठाउँ आइसकेका छन् । त्यसमध्ये सोभियत संघका एक पीडित मेस्मेलो मेथ होल्डले लेखेको एउटा पत्रको व्यहोरा प्रकाशित भयो (आल्फ्रेड मिरेक, क्रयास्नि भिराज (मस्को २०००) २६५–६६) । त्यहाँ उनले आफूलाई जनताको शत्रु भन्दै कसरी दर्दनाक पीडा दिइयो र त्यो पीडाबाट बच्न छिटो फाँसीको तख्तामा पुग्न आरोपहरू स्वीकारे भन्ने विवरण उल्लेख छ । त्यो आरोप स्वीकारेपछि उनलाई तत्कालै फासी दिइयो । लाखौंमध्येको यो एउटा प्रतिनिधि पात्र हुन् ।

एक्काईस : जनता चल सम्पत्ति :

जहाँ जहाँ कम्युनिस्ट शासन चले ती ठाउँमा अर्को समानता हो जनतालाई चल सम्पत्तिका रूपमा परिणत गर्नु । किसानबाट जमिन खोसेर तिनै किसानलाई सामूहिक खेती गर्न लगाई उत्पादित वस्तु भने सरकारले लिँदा उनीहरू सरकारका त्यस्ता सम्पत्ति भए उसले आफ्नो श्रमबाट उत्पादित वस्तु माथि कुनै अधिकार पाउँदैनन् । पछि श्रमगरेबापत भनी केही रकम दिन थालियो । रूसको सन्दर्भमा एउटा किसान परिवारले बिहानदेखि बेलुकासम्म काम गरेबापत वार्षिक २४७ रुवल प्राप्त गर्ने भए । तर त्यो पैसाले बजारमा एक जोर जुत्तामात्र आउने स्थिति थियो ।

बाईस : संगठन शासनको शैली :

संसारभरि नै कम्युनिस्टहरूले शासन गरेको ठाउँमा जहाँ पनि सैनिक शैलीको संगठन, एकाधिकारवादी पार्टीको शासन, शासनमा कसैले पार्टीको उच्च दोस्रो व्यक्तिले पनि प्रश्न गर्न नपाइने आज्ञापालन गर्नुपर्ने कुनै नियन्त्रण भएको शासन निजी सम्पत्तिको खारेजी, मानवीय र भौतिक सम्पत्तिको राष्ट्रियकरण समान रूपका ढाँचा हुन् । राज्यका सामु मान्छेको कुनै अधिकार हुँदैन र त्यो राज्य जसले चलाउँछ त्यो कहिल्यै गल्ती नगर्ने हुन्छ भन्ने पनि समान मान्यता हुन् ।

तेईस : समान आरोप :

प्रतिक्रान्ति, जनताका शत्रु दुश्मन, रक्तपिपासु, सामन्त, कुलक, पाशविक, जंगली शोषक, जुकाहरू, पिशाच, मृत्युका घारमा पुर्याउन योग्य आदि जनतालाई मार्नुपूर्व लगाइने यी आरोपहरूलगाउनु सबै कम्युनिस्टका समान विशेषता रहे ।

लेखकः जिपी काेइराला मजदुर फाउण्डेशनका महासचिब हुन

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path