-
हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ? भोलि धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपश्चात पहिलो ऐतिहासिक निर्वाचन सम्पन्न भइ नै सकेको छ । निर्वाचनपछि जे जस्ता परिदृश्यहरू देखिए, त्यसको समीक्षा जरूरी छ । मंसिर १४ गते हुन गइरहेको उप-निर्वाचनको जिम्मा दल र नेताहरूलाई मात्र सुम्पिएर हामी मतदाता कानमा तेल हालेर बस्ने अबस्था छैन ।
कुनै एकजना नेतालाई जिताएर वा कुनै एउटा पार्टीलाई बहुमत दिलाएर मात्र हाम्रो कर्तब्य पुरा हुँदैन । त्यसबाट दलहरू, नेताहरूले मात्रै नभएर हामी मतदाताहरूले पनि सिक्नुपर्ने शिक्षा र सच्याउनु पर्ने धेरै कुराहरू छन् । मतदाताहरूले पनि आफ्नो मनोवृत्ति फेर्ने हो भने देशलाई चाहिने असल, कुशल र दूरदृष्टि राख्ने ब्यक्तिहरूलाई विजयी गराउन सम्भव छ । सरोकारवाला सबै पक्ष यसका लागि प्रतिबद्ध छ ? सरकार र उम्मेदवारलाई छाडिदिउँ, के हामी मतदाता तयार छौं र ?
हामी मतदाताहरूले हेक्का राख्नु पर्ने कुरा के छ भने, हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ? अहिले चुनावमा करोडौं रूपैयाँ खर्च गर्नेले भोलि त्यसको साँवा र ब्याज नअसुली छोड्छ ? पक्कै असुल्छ । त्यो हामी जनताको नाममा आएको बजेटबाटै अयो देशलाई बिगार्ने राजनीतिक ठेकेदारहरूको हामी मतदाता पनि मतियार हुनेछौँ ।
देश बनाउने हतियार हाम्रो हातमा छ, हतियार सही निसानामा भेदन गरौँ । कोही कसैको मतियार नबनौँ । तपाईं हाम्रो एक मतले देश सुखी र समृद्ध बन्न सक्छ । भोलि किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं । निर्वाचनको अर्थ वास्तवमा जनता आफ्नो मालिक आफैँ बन्नु हो । तर बिडम्बना, हामीले जुन लोकतन्त्र र निर्वाचन प्रणालीको प्रयोग गरिरहेका छौँ, यसले जनतालाई मालिक होइन दास नै बनाइरहेको छ । समाजको सबैभन्दा पीँधमा पारिएको बर्ग, लिंग, जाति यस्तो निर्वाचनबाट कहिल्यै माथि उठ्न सकिरहेका छैनन्।
प्रायः सबै दलहरूभित्र टिकट वितरणमा पक्षपात र पैसाको लेनदेन भएको गुनासो सार्बजनिक भइरहेका हुन्छन् । अझ महिलाको सन्दर्भमा भन्ने होभने सबै दलहरूभित्र झनै पक्षपात भएको देखिन्छ । टिकटको लागि शरीरसम्म सुम्पिनु पर्ने लज्जास्पद खबरहरू पनि बजारमा सुनिन थालिएको छ । हाम्रा पुरूष नेतागणहरूको भविष्यवाणी छ, 'महिलाले प्रत्यक्ष निर्वाचन जित्दैन । त्यसैले टिकट दिएर के काम ?' प्रतिस्पर्धैविना परिणाम सुनाउने यो कस्तो तरिका हो ? प्रतिस्पर्धा गर्न दिएपछि न थाहा हुन्छ, परिणाम कसले ल्याउँछ भनेर । दलहरूको कस्तो लोकतन्त्र हो ?
अहिले पनि नवगठित मन्त्रीमण्डलमा महिला मन्त्रीको सङ्ख्या २ मात्र छ भने महिला तथा बालबालिका मन्त्रालयमा महिला मन्त्री नभई पुरुषलाई सुम्पिएको छ यस्तो अवस्थामा नेपालमा महिला हक अधिकार तथा आरक्षणको कुरा कानुनमा मात्र सिमित छ । अधिकार सुनिश्चित नभएसम्म कसैको निगाहमा बाँच्नु पर्ने वाध्यता रहिरहन्छ । यसको लागि आवश्यक परे नीति निर्माण तहमा रहेका महिला नेतृत्वले पार्टीको घेराभन्दा माथि उठेर संघर्षको अगुवाई गर्ने र सबै महिलाले निशर्त सहयोग गर्ने आँट गर्न जरूरी छ ।
मलाई महिलावादीको आरोप पनि लगाउन सक्नुहुन्छ । स्वीकार गर्छु म आरोप । किनकि, नारी सौन्दर्यको ब्यापार चलुन्जेल समाजमा नारी र पुरूष समानताको नारा फगत नारामा मात्र सीमित रहनेछ । निर्वाचन जनताको लागि उत्सव हुनु पर्ने हो । तर शासकहरूको स्वार्थ, नेता, कार्यकर्ताको अदुरदर्शिता र मतदाताहरूको अचेतनताको कारण यो निर्वाचन देश र जनताका लागि अभिशाप बन्दैछ । मतदाताहरूलाई डर, धाकधम्की र बिभिन्न प्रलोभनमा पारी मत प्राप्त गर्ने उही पुरानो खेलको पुनरावृत्ति हुने देखिन्छ ।
हामीले अझै पनि यिनैलाई जिताएर भ्रष्टाचार दुगुना पार्ने ? अझै पनि यिनलाई जिताएर दण्डहिनता तीनगुणा पार्ने ? अझै यिनीहरुलाई जिताएर राज्यकोषको दोहन चौगुणा पार्ने ? यतातर्फ सोच्नु जरुरी छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
संकेत कोइराला, भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफु भन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा मेरो दिनप्रतिदिन प्रेम बढ्दै जाओस्’ भन्दै लिन इन्कार गरिदिए । भरतपत्नी... जारी राख्नुहोस...
-
-
लगभग १५,२०६ किलोमिटर टाढा ब्राजिलको साओ पाउलो नेपालबाट ठ्याक्कै विपरित दिशामा रहेको दक्षिण अमेरिकी देशको एउटा शहर । ८ सय किलोमिटर प्रति घण्टाका दरले जेट एयरमा उड्दा पनि १९ घण्टा लाग्छ पुग्नलाई । कात्तिक १५ गते म लगायत नेपालबाट अन्य तीन जनाको टोली ब्राजिल जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रस्थान... जारी राख्नुहोस...
-
-
सुकरात आफ्ना चेलाहरुसँग बसेर कुरा गरिरहेका थिए । यही समयमा आफूलाई ज्योतिष बताउने एउटा मानिस प्रवेश गर्दै भन्छ– ‘म अनुहार हेरेर उसको विगत, वर्तमान र भविष्य बताउन सक्छु ।’ ज्योतिषले सुकरातका बारेमा फटाफट भन्न थाल्यो– ‘नाकका प्वालको आकार हेर्दा थाहा हुन्छ तपाईं रिसाहा हुनुहुन्छ । टाउकोको आकारले भन्छ–अत... जारी राख्नुहोस...
-
-
मंसिर १६, काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचनको अधिकांश स्थानको मत परिणाम पनि घोषणा भइसकेको छ । स्थानीय तहका जनप्रतिनिधि तथा सांसदहरुको विभिन्न दुर्घटनामा अल्पायुमै निधन भएपछि रिक्त रहेको पद पूर्तिका लागि उपनिर्वाचन भएको हो । यस पटकको उपनिर्वाचनमा अधिकांश स्थानमा श्रीमानको निधन भएपछि श्रीमतिलाई उम्... जारी राख्नुहोस...
-
-
सुनसरीको धरान उपमहानगरपालिका सुगम क्षेत्र भएपनि यहाँ भूमिहिन अर्थात सुकुम्बासीहरुको ठूलो जमात छ । ०४५ सालको भुकम्प पश्चात धरानका सर्दु सेउती खोला किनारामा बसोबास गर्दै आएका भूमिहिनहरुले लालपुर्जा पाउनकै लागि पटक–पटक स्थानीय र केन्द्रिय सरकारसँग माग गरे । तर, जति पटक सुकुम्बासीको भोट पाएर सत्तामा गए... जारी राख्नुहोस...
-
-
‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ . षेलषाल मात्रै ठुलो रहेछ . कुपको पानी षान्याछेउ बुधि पनि हुदैन. सुरो पनि हुदैन. षेलषाल मात्र रहेछ. मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयललाई मात्रै... जारी राख्नुहोस...
-
-
लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान आज देखि आरम्भ हुँदैछ । १६ दिने अभियान आ–आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, व्यक्ति–व्यक्तित्वहरूले मनाउने छन् । यस अवसरमा मलाई पनि आफ्ना केही विचारहरू पाठकहरूसमक्ष पस्कन मन लाग्यो ।यस अभियानबाट पितृसत्तावादी र महिलावादी सोंचमा के परिवर्तन आउँछ... जारी राख्नुहोस...
-
-
मन्त्रिपरिषद् पुर्नगठन हुने भन्ने हल्ला चलेको करिब ५ महिनापछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरे । बिहानैदेखिको लामो कसरतपछि बेलुकी पखमात्रै सहमति भएपछि अन्ततः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गरे । करिब ५ महिनाभन्दा अघिदेखि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने... जारी राख्नुहोस...
-
-
साँढे आठै बजे खाना खाएर सार्वजनिक बस चढेर कार्यालय आउनु पर्ने केहि दिन देखिको मेरो बाध्यता थियो । आफुसँग भएको सवारी बेचेर अर्को लिने चक्करमा मैले असोज अन्तिम सातादेखि सार्वजनिक यातायात, बस ट्याक्सी, टेम्पो त कुनै बेला टुटल र पठाओका सेवा प्रयोग गर्नु परिरहेको छ । १० वर्ष भएको थियो मोटरसाइकल चलाउन थाल... जारी राख्नुहोस...
-
-
विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनैबेला क्यालिफोर्नियाको गभर्नर थिए । जुनबेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गरियो– ‘आर्नल्डले चाहेको समयमा त्यो होटलमा निःशुल्क बस्न पाउने छन् ।’ समयको पदचापसँगै उनी पदविहीन भए । शरीर जीर्ण हुँद... जारी राख्नुहोस...
-