nic asia bank

नेपाल पत्रकार महासंघ सुनसरी शाखाद्धारा सप्ताहव्यापी कार्यक्रम हुने

Ved International Education Consultancy

मंसिर २०, धरान,सुनसरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले यस वर्ष वार्षिक साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।

सुनसरी शाखामा पहिलोपल्ट सप्ताहव्यापी पत्रकार र पत्रकारिता सम्बन्धी विविध रचनात्मक क्रियाकलाप समावेस गरि कार्यक्रम गर्न लागेको पत्रकार महासंघ सुनसरीका कोषाअध्यक्ष गोबिन्द्र बस्नेतले जानकारी दिए ।

बिहीबार सुनसरीको ईटहरीमा बसेको बैठकले आगामी पुस १५ गतेबाट सप्ताहब्यापी कार्यक्रम सुरु गरेर पुस १९ गते समापन गर्नैछ ।

कार्यक्रम अनुसार, पहिलो दिन पुस १५ गते महासंघको धरानमा निर्माण भएको भवनको दोस्रो तला भवन उद्धघाटन, दोस्रो दिन पुस १६ गते ईनरुवामा पत्रकारितामा विद्यमान चुनौती र सामाजिक उत्तर दायित्व विषयक अन्तरक्र्रिया कार्यक्रम तेस्रो दिन (पुस १७ गते) इटहरीमा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुती सँगै फोटो प्रदर्शनी गर्ने भएको छ ।

त्यस्तै महासंघले जिल्लाको इतिहास लेखन कामलाई समेत अघि बढाउने भएकाले पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुती कार्यक्रम राखिएको हो ।

सोही दिन महासंघका उपाध्यक्ष सुभद्रा प्याकुरेलको संयोजकत्वमा पत्रकारहरुको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शिविर गर्न समिति समेत गठन गरिएको छ । भने खेलकुद कार्यक्रमका लागि जिल्ला सदस्य धिरेन लिम्बुको संयोजकत्वमा समिति बनेको छ । जहाँ पुस १८ गते धरानमा पत्रकारहरुकै लागि खेलकुद कार्यक्रम गरिनेछ भने पुस १९ गते धरानमै साधारणसभा सम्पन्न हुनेछ ।

त्यस्तै कार्यक्रम सफल पार्न महासंघका कोषाध्यक्ष गोविन्द बस्नेतको संयोजकत्वमा आर्थिक समिति र अतिथी सत्कारका लागि जिल्ला उपाध्यक्ष सुभद्रा प्याकुरेलको संयोजकत्वमा अतिथी सत्कार समिति गठन गरिएको छ

 

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path