nic asia bank

टोटेनहमले चेल्सीलाई हरायो

Ved International Education Consultancy

 

Harry Kane is sent flying by Chelsea goalkeeper Kepa Arrizabalaga inside the box midway through the  first-half at Wembley

एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा साँघुरो जित निकालेको छ ।

मंगलबार राति भएको पहिलो खेलमा टोटेनहमले अर्को प्रिमियर लिग क्लब चेल्सीलाई १ - ० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले निर्णयक गोल गरे । खेलको २६ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै पहिलो लेगमा टोटेनहमलाई अग्रता दिलाएका हुन् ।

चेल्सीका किपर किपाले केनलाई डिबक्सभित्र लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को साहारामा टोटेनहमले पेनाल्टी पाएको थियो । जसमा केनले सहजै गोल गर्न सफल भए । 

जितसंगै टोटेनहमले पहिलो लेगमा चेल्सीविरुद्ध १ - ० को झिनो अग्रता बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग आगामी २४ जनवरीमा हुनेछ । उक्त खेल चेल्सीको मैदानमा हुनेछ ।

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil