बाँके निकुञ्जमा चोरी शिकारी रोक्न सिसि क्यामेरा जडान
“
साउन १८, नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्ज भित्र हुने जंगली जनावरको चोरी शिकारी र तस्करी रोक्न १२ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । चालू आर्थिक बर्षमा निकुञ्जले निकुञ्जभित्र र निकुञ्ज क्षेत्रको पुर्वपश्चिम राजमार्गमा सिसि क्यामेरा जडान गरेको हो । निकुञ्जभित्र हुने चोरी शिकारी र तस्करी नियन्त्रणका लागि मानिसको दृश्य मात्र कैद गर्ने अति गोप्य र सबैले देख्न नसक्ने सिसि क्यामेरा ६ वटा जडान गरिएको प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुनले बताउनु भयो ।
यी सिसि क्यामेराले मानिसको दृश्यमात्र कैद गर्ने र त्यही सूचना मात्र निकुञ्जको ओभरीस्थित कार्यालयमा पठाउने छ । उहाले भन्नुभयो, निकुञ्जभित्र हुने चोरी, शिकारी र तस्करी रोक्न यसले मद्धत गर्छ । यस क्यामेराबाट अन्य तस्विर र सूचना अपडेट हुँदैन् । निकुञ्जले चोरी, शिकारी र तस्करी हुने संम्भावित र अति संवेदनशील स्थानमा यी क्यामेरा जडान भएको जनाएको छ ।
यस्तै, निकुञ्जभित्र पर्ने पुर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा छ वटा सबै प्रकारको सूचना र दृश्य कैद गर्ने ६ वटा सिसि क्यामेरा जडान भएको प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुनले जानकारी दिनुभयो । यी क्यामेरा पुर्वपश्चिम राजमार्गको ओभरीमा ४, रोहनीखोलामा २ र रत्नराजमार्गको चिसापानीमा २ वटा जडान गरिएको छ ।
“