अबको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्छ : मीन विश्वकर्मा

काठमाडौं, पुस २३ । सरकारले प्रदेश प्रमुख छिटै तोक्ने तयारी गरेको छ । भोलि बस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ । तर, सरकारले प्रदेशको अस्थाई राजधानी भने तत्काल नतोक्ने भएको छ ।

संचारकर्मीसंग कुरा गर्दै वाणिज्यमन्त्री मीन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने जानकारी दिनुभयो । प्रदेशप्रमुखको नियुक्ति गरेपनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने उहाँले स्पस्ट पार्नुभयो ।

प्रदेशको अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक गरेपनि अरु दलले चासो नदिएर उम्किन खोजेकाले सरकारलेमात्रै ‘अपजस’ नलिने उहाँको भनाइ छ । प्रदेशको अस्थायी मुकाम नतोक्दा प्रदेशसभाको बैठक काठमाण्डुमा बोलाउने तयारी सरकारले गरेको छ । प्रदेशसभाको बैठकले नै मुाकम तोक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *