विप्लवका कार्यकर्ता पक्राउ
मकालु खबर
२०७४ जेठ १५ गते
कात्तिक २३, पाँचथर । निर्वाचन विरोधी गतिबिधिमा संलग्न रहेको आरोपमा पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउपर्नेमा फाल्गुनन्द–३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल रहेको प्रहरीले जनाएको छ ।
आसन्न निर्वाचनलाई लक्षित गरी विप्लव समूहले गर्नसक्ने गतिविधि नियन्त्रण गर्न उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुमध्ये नेम्वाङलाई पौवा भञ्ज्याङ प्रहरीले बुधबार पक्राउ गरेको हो भने अर्का कटुवाललाई यस अगाडि नै केही सार्वजनिक अपराध मुद्दामा पक्राउ गरी म्याद थप गरी कानूनी प्रक्रिया शुरु गरेको प्रहरीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा पनि पाँचथर प्रहरीले चार जना कार्यकर्तालाई पक्राउ गरी निर्वाचनपछि छाडेको थियो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित