राष्ट्रसङ्घको नेतृत्वमा सिरियाबारे शान्तिवार्ता सुरु
जेनेभा, असार २७ । सिरियामा सात बर्षदेखि जारी द्वन्द्वको अन्त्यका लागि सोमबार स्वीट्जरल्याण्डको जेनेभामा नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ । सिरियाका लागि राष्ट्रसङ्घीय विषेश प्रतिनिधि स्टफन डे मिस्टुराले राष्ट्रसङ्घका लागि सिरियाका दूत बसर जाफरी मार्फत दुईपक्षीय वार्ताकाबारेमा सिरियाको सरकारी वार्ता टोलीका प्रमुखसँग सोमबार छलफल गरेका छन् ।
डे मिस्टुराले विपक्षी दलका प्रतिनिधिहरुलाई पनि केही दिनमा भेट्ने अपेक्षा गर्नुभएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
राष्ट्रसङ्घीय अधिकारीहरुले सिरियाको द्वन्द्व अन्त्यका लागि भन्दै गरेको यस्तो प्रकारको प्रयास यो सातौ पटकको हो । अहिलेको प्रयास यही जुलाई १४ सम्म जारी रहने उनीहरुको छ ।
सिरियाको थपिएको औपचारिक छलफलमा संवैधानिक तथा कानुनी विषयका विज्ञले यसको समाधान खोज्ने बारेमा पनि विचारविमर्श गर्ने भएका छन् । अहिलेको बार्ता सकिएपछि अर्को वार्ता आउँदो अगस्ट र सेप्टेम्बरमा हुने तालिका बनाइएको छ ।
गत शुक्रबार अमेरिका र रसियाकाबीचमा भएको सहमति अनुसार दक्षिणी सिरियामा युद्धविराम भएपछि सोमबार वार्ता भएको हो । त्यो क्षेत्रमा सहमति हुने सम्भावना तुलनात्मक रुपमा अन्यत्रभन्दा बढी रहेको बताइएको छ ।