निर्वाचन क्षेत्र निर्धारण आयोगले आजदेखि प्रतिवेदन लेख्न शुरु गर्ने
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन २१ । निर्वाचन क्षेत्र निर्धारण आयोगले शनिबारदेखि मूल प्रतिवेदन लेखनको काम सुरु गर्दैछ । कार्यालय र पत्रपत्रिकामार्फत सुझाव संकलन गरिसकिएकाले शनिबारदेखि तथ्यांक संकलन र मूल प्रतिवेदन लेखनको काम सुरु गरिने आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिनुभयो ।
आयोगले प्रमुख दलका शीर्ष नेतालाई कार्यालयमै बोलाएर सुझाव लिएको थियो । आयोगका प्रवक्ता गणेशराज कार्कीले संविधान बमोजिम जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार साउन ३१ गते प्रतिवेदन बुझाउने गरी आयोगले काम गरिरहेको छ ।
सरकारले संघीय संसदका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गर्न पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा साउन ५ गते पाँच सदस्यीय आयोग गठन गरेको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित