पेन्टी र ब्रा गलत तरिकाले धोएको निहुँमा डिभोर्स
श्रीमतीको पेन्टी र ब्रा धुँदैमा पनि डिभोर्स हुन्छ र ? हामी सबैलाई आश्चर्य लाग्न सक्छ । तर, विश्वमा यस्ता हरकत गर्नेहरु पनि हुन्छन् ।
समाचार अनुसार अन्डरवेयरलाई गलत तरिकाले धोएको निहुँलाई लिएर विवाद यति बढ्यो कि मामिला डिभोर्ससम्म पुग्यो । घटना विश्वासै गर्न गाह्रोपर्ने जस्तो छ । तर महिला आफैले सोसल मिडियामा शेयर गरिसकेपछि विश्वास गर्नैपर्यो । ती महिलाका अनुसार उनका लोग्नेले अल्छी नमानीकन दुबैजनाका कपडा धुने गर्दा रहेछन् ।
लोग्नेको यस्तो सहयोगी बानी सुरुमा त ती महिलालाई निकै मन पर्यो । उनले लोग्नेको प्रशंसा खुबै गर्थिन् । तर जब उनका पतिले भित्री वस्त्र समेत वासिङ मेसिनमा हालेर धुन थाले तब विवाद सुरु भयो । भित्री वस्त्रलाई वासिङ मेसिनमा हालेर धुनाले लुगा छिटै फाट्ने भन्दै उनले लोग्नेलाई भित्री वस्त्रहरु धुनका लागि मेसिनमा नहाल्न भनिन् ।
हातैले धुनुपर्ने भनेर प्रस्ट रूपमा ट्यागमा लेखेका भित्री वस्त्रसमेत आफ्नो लोग्नेले वासिङ मेसिनमा हालेर धुन थालेपछि उनको रिसको पारो तात्यो । उनले लोग्नेलाई धेरै सम्झाइन् त्यसो नगर्नका लागि । तर उनका पति मान्नेवाला थिएनन् । जसका कारण उनले आफ्ना लोग्नेसँग डिभोर्स गर्ने निधो गरिन् ।
दश वर्षअघि बिहे गरेकी उनले ब्रा तथा पेन्टी धुने विवादका कारण लोग्नेसँग डिभोर्स गर्ने निर्णय गरेको कुरा सोसल मिडिया मम्स नेटमा सार्वजनिक गरेपछि त्यसले ठुलै बहसको सिर्जना गरेको छ ।
कतिपयले उनले ठिकै गरेको भनेका छन् भने कतिपयले चर्को आलोचना गरेका छन् । ती महिलाले आफ्नो नामचाहिँ खुलाएकी छैनन् ।
विचित्र छ यो संसार । एजेन्सीबाट