सुन्तलीबिना दाङमा धुर्मुसको गाईजात्रे प्रहसन
“
तुल्सीपुर सरसफाइका लागि धुर्मुस टोली दाङमा
दाङ, साउन २४ । चर्चित हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विगत दुई वर्षयता कलाकारिता भन्दा बढी समाजिक सेवामा सक्रिय छन् ।
७२ सालको शक्तिशाली भूकम्पपछि पीडितका लागि पुनःनिर्माणमा जुटेका धुर्मुस–सुन्तलीको जोडीले अहिलेसम्म तीन ठाउँमा एकीकृत नमुना बस्ती बनाइसकेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनमार्फ अब एकीकृत नयाँ नेपाल परियोजना अघि सारेका धुर्मुस् सुन्तली जोड सितिमित अलग देखिदैनन् । तर मंगलबार गाईजात्राको दिन दाङमा रहेका धुर्मुस् सुन्तली बिना गाईजात्रे प्रहसनमा उपस्थित भए ।
एकीकृत नयाँ नेपाल अभियानकै क्रममा दाङ पुगेका धुर्मुसका साथमा मेरिबास्यै हाँस्य टेलिसिरियलका कलाकारहरु शुरबीर पण्डित (दारी बा), पल्पसा डँगोल (चम्सुरी) लगायत उपस्थित थिए । मंगलबार रिपोटर्स क्लव दाङ शाखामा उपस्थित धुर्मुसले एकीकृत नयाँ नेपाल परियोजनालाई सहयोग गर्न आग्रह गरे । ललितपुरको लेलेमा शुरु गर्न लागेको राष्ट्रिय गौरवको योजनालाई सफल पार्न सहयोग गर्न धुर्मुसले सवैमा आग्रह गरे ।
धुर्मुस–सुन्तली फाउन्डेसनले ललितपुरको लेलेमा करिव ५ अर्बको लगानीमा नेपालका १ सय २५ जातिको संस्कृति तथा रहनसहनलाई संसारमै परिचित गराउने उद्देश्यले शुरु गरेको आयोजना सफल भए आर्थिक रुपमा नेपालले ठूलै फडको मार्ने समेत धुर्मुसले बताए ।
३ करोड नेपालीले प्रतिब्यक्ति २ सय उठाए मात्रै सहयोग गरेमा ६ अर्ब संकलन हुने तथा विदेशमा रहेका ४० लाख नेपालीलेप्रति ब्यक्ति २ हजार मात्रै संकलन ८ अर्ब संकलन हुने भन्दै सबैको साथ पाएमा आयोजना सहजै सम्पन्न हुने धुर्मुसको भनाइ थियो ।
गाईजात्राको दिन परेका मंगलबार उनीहरुले गाईजात्रे प्रहसनसमेत गरेका थिए । दाङको तुलसीपुरमा जारी ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियान अन्तर्गत तुलसीपुरमा हुने बृहत सरसफाई अभियानमा सहभागी हुन धुर्मुस दाङ आएका हुन् । टोली बुधबार विहान तुल्सीपुरमा हुने सरसफाइ कार्यक्रममा सहभागी हुने भएका छन् ।
“