यस क्षेत्रको चौतर्फी विकासकालागी मेरो उम्मेदवारी : नेता कण्डेल
कार्तिक २६, नवलपरासी । नेपाली काँग्रेसका नेता एवंम् नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल (मुन्ना बाबु ) ले यस क्षेत्रको चौतर्फी विकासको एजेण्डा अघि सारेर आफू उम्मेदवार बनेको बताएका छन् ।
आज आफ्नो निर्वाचन क्षेत्रको प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउँपालिकामा आयोजित चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो अभियानमा मतदातासँग मतमाग्दै नेता कण्डेलले आफ्नो योजना सार्वजनिक गरेका हुन् ।
सो क्रममा नेता कण्डेलले संविधानको प्रभावकारी कार्यान्वयन सँगै यस क्षेत्रको भैतिक पूर्वाधार निमार्ण, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विकासका एजेण्डा सहित जनताको माझँ आएको दाबी गरे ।
यस अघि पटक पटक गृह राज्य मन्त्रीको भूमिकामा रहँदा यस क्षेत्रमा कण्डेलले गर्दै आएको कामको उचित मुल्याकंन गर्दै यस पटक समेत कण्डेललाई जनताले काम गर्ने अवसर दिने कांग्रेेसले जनाएका थिए । नेपाली काँग्रेसको केन्द्रीय प्रचार प्रसार समितिले गरेको अध्ययन प्रतिवेदनमा नवलपरासी – (बर्दघाट सुस्ता ) पूर्व निर्वाचन क्षेत्र नं. १ बाट काँग्रेसका महामन्त्री डा. शशांक कोइराला र नवलपरासी (बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं. २ मा कण्डेलले प्रतिनिधि सभा सदस्य तर्फ काँग्रेसले चुनाव जित्ने ठोकुवा गरिसकेको छ ।
पछिल्लो पटक नेता कण्डेल घरदैलोमा जाँदा समेत मतदाताले कण्डेललाई भव्यरुपमा स्वागत गर्दै आएका छन् । अधिकाशं मतदातको चाहाना नेता कण्डेललाई भेटेर आफ्नो समस्या राख्ने योजनामा छन् । कण्डेलले अहिले मतदातालाई भेटर आफू जनताको सुख दुखमा साथ दिने प्रतिबद्धता जनाएपछि मतदाताले कण्डेलको सुनिश्चित भएको निष्कर्ष निकालेका छन् ।
देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो ।‘ मुन्ना बाबु यसपालि’ – यो नारा कण्डेलको निर्वाचन क्षेत्रमा सर्वत्र गुञ्जिएको छ । लामो समय राजनीति गरेर स्थानीय रूपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ । यस पटक भने जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउँछन् ।
‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिइरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रूपमा चिन्दछन्’ स्थानीय मतदाताले पत्रकारहरुलाई भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरू को उठिरहेको छ चिन्दापनि चिन्दैनौं ।’ दिवङ्गत दाजु भाउजूका नाममा कंडेलले नवलपरासीमा खोलेको आँखा अस्पताल प्रख्यात छ ।
२ पटक सम्म गृहराज्यमन्त्री बनेर गरेको कामले सर्वत्र चिनिएका उनी काँग्रेस नवलपरासीका पूर्व सभापति समेत हुन् । भने हाल पार्टीका केन्द्रीय सदस्य हुन् । कांगेस केन्द्रीय सदस्य कंडेलको राजनीतिक बिरासत पुस्तौँ पुस्ताको छ । उनकी हजुरआमा बीपी कोइरालाको पालामा संसदीय समितिको एक मात्र महिला सांसद हुन् । कंडेलका बाबु पृथ्वी राज कंडेल समेत पूर्व सांसद हुन् ।
हाल सुस्ता पश्चिम नवलपरासी प्रतिनिधि सभा २ मा उनको उम्मेदवारी रहेको छ। उक्त क्षेत्र बाट प्रदेश २क बाट युवा नेता गुणनिधि तिवारी र २ख बाट अर्का युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छ्न् ।
‘जनताको मनसँग भिजेका नेताको रूपमा चिनिएका कंडेललाई काँग्रेस र राष्ट्रिय राजनीतिमा नै सम्भावना बोकेका ‘लामो दौड’ का युवा नेताका रूपमा चिनिन्छ’ अर्का मतदाता भन्छन् ‘मुन्ना बाबु नै हो यसपालि ।