कांग्रेस उम्मेदवार प्रदिप पौडेलको घरमा विस्फोट
मकालु खबर
२०७४ जेठ १५ गते
तनहुँ, मंसिर १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ प्रदेश सभा ‘क’ तर्फका उम्मेदवार प्रदिप पौडेलको घरमा बम बिस्फोट भएको छ ।
शुक्ला गण्डकी नगरपालिका– ८ गणपतेस्थित उनको घरको आँगनमा बम बिस्फोट गराइएको छ । बम शनिबार बिहान ५ः४० बजे विस्फोट भएको हो ।
विस्फोटबाट मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्रा भेटिएको प्रहरीले जनाएको छ । पौडेलको घरमा उनकी फूपू बस्दै आएकी थिइन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति किसान गुरुङले कांग्रेसको पक्षमा जनलहर उर्लेको देखेर केही तत्वहरुले सुनियोजित ढंगबाट तर्साउन विस्फोट गराएको आरोप लगाए । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित