प्रदेश नं २ को निर्वाचनका लागि एमालेद्वारा केन्द्रीय नेता परिचालन
“
काठमाडौं, साउन २६ । नेकपा एमालेले प्रदेश नं २ का लागि हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीका केन्द्रीय नेताहरुलाई परिचालन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधि, मोर्चा संगठनका नेता लगायतलाई प्रदेश नं २ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारी सहित खटाउने निर्णय गरेको हो ।
‘प्रदेश नं २ का सबै पार्टी कमिटी, जनसंगठन, पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न बैठकले निर्देशन गरेको छ’ पार्टीद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । पार्टी प्रवक्ता योगेश भट्राईले प्रदेश नं २ का आठवटै जिल्लामा एमालेमा प्रवेशको माहोल सिर्जना भएको र भेला, बैठक, छलफल, अन्तक्र्रियालगायत गतिविधि तीव्र ढङ्गले अगाडि बढिरहेको जानकारी दिनुभयो ।
“