अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरे चीनले प्रतिकार गर्ने

साउन २७, काठमाडौं । अमेरिका र उत्तर कोरियाबीचको तनावमा अब चीनको चासो देखिन थालेको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाईम्सले भनेका छ, यदि अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्छ भने चीनले त्यसको प्रतिकार गर्नुपर्छ । तर, उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरेको खण्डमा भने चीनले तटस्थ बस्नुपर्ने उक्त पत्रिकाको भनार्इ छ ।

पत्रिकाले लेखेको छ, अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने अवस्था आए चीनले त्यसमा हस्तक्षेप गर्नुपर्छ ।ग्लोबल टाईम्सले आफ्नो समाचारमा भनेको छ, यथास्थितिमा चीन उत्तर कोरियाको सत्तामा कुनै पनि परिवर्तन भएको चाहँदैन । यदि अमेरिकाले उत्तर कोरियाको सत्ता परिवर्तन गर्ने प्रयास गरेमा चीनले त्यसको प्रतिकार गर्नेछ ।

चीन र अमेरिका बीच तनाव बढ्ने संकेत
यस्तै, बिहीवार दक्षिण चिनियाँ सागरमा अमेरिकी लडाकु जहाज देखिएको घटनामा चीनले कडा प्रतिक्रिया जनाएको छ ।अमेरिकाको उक्त गतिविधिले चीनको सम्प्रभुता उल्लंघन गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ विदेश मन्त्रायले उक्त घटनाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको पनि जनाएको छ । अमेरिकाको उक्त गतिविधिले दुई देशबीच तनाव बढ्न सक्ने अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *