एनआरएनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ

असाेज २९, काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको आठौँ महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ । शनिवार दर्तास्थलबाट एकाएक हराएका एक कर्मचारीले होटलको कोठामा गई ल्यापटपबाट नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको हाे । फर्जी सूची दर्ता गरेको अभियोगमा उनलार्इ निलम्बन गरिएको जनाइएको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष, आईसीसीका केही पदाधिकारी र सचिवालयका एक कर्मचारीको मिलेतोमा अन्य देशका सयौँ जना नक्कली प्रतिनिधिको दर्ता गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाइएकाे छ । एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका झन्डै ६० जना प्रतिनिधि दर्ता गरेको भेटिएपछि हंगामा भएको हाे ।

यसैबिच एनआरएन अमेरिकाका साधारण सदस्य नारायण थापाले निर्वाचन आयोगलाई निवेदन लेखी प्रतिनिधि दर्ता प्रक्रियामा व्यापक घोटाला भएकाले निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *