डा. गोविन्द केसीको माग हेरफेर गर्न त्रिविको सिनेट बैंठक

“काठमाडौँ, साउन २९ । २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न आज आइतबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सिनेट बैठक बसिरहेको छ।

त्रिवि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा सिनेट बैठक बोलाएका हुन् । प्रधानमन्त्री देउवा काठमाडौँ उपत्यकामा थप मेडिकल कलेज आउने गरी संसदीय समितिबाट पारित भएको चिकित्सा शिक्षा विधेयक संशोधन गरी कलेज थपिने बाटो रोक्न समेत सकारात्मक देखिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाले मनमोहन मेडिकल कलेज भने सरकारले किनेर भए पनि डा. केसीका माग सम्बोधन गर्न निर्देशन दिइसकेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *