मुलरको एतिहासीक खेलमा बार्यन पराजित
मकालु खबर
२०७४ जेठ १५ गते
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिवारको खेलमा बायर्न म्युनिखले पहिलो हारको सामना गरेको छ । थोमस मुलरले बायर्न म्युनिखका लागि ४ सयौँ खेल खेल्दा साविक विजेताले होफेनहायनसँग २-० को पराजय भोगेको हो ।
होफेनहायमको घरेलु मैदानमा भएको खेलमा मार्क उथको दुई गोलको मद्धतले होफेनहायमले तीन खेलमा दोस्रो जित हासिल गरेको हो । पहिलो हाफमा २७ औँ मिनेटमा गोल गरेका उथले दोस्रो हाफमा ५१ औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए । पाहुना टोली बायर्नले खेलमा दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्यो ।
तीन खेलमा ६ अङ्क सहित बायर्न पाँचौ स्थानमा झरेको छ भने होफेनहायन ७ अङ्क सहित दोस्रो स्थानमा छ । पहिलो स्थानको डर्टमाउन्ड गोल अन्तरले अग्रस्थानमा रहेको छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित