बाढीले बगाएर मृत्यु भएपछि कमलको परिवारको विचल्ली

भाद्र २, मकालु खबर । चितवनका एक चेपाङको बाढीले बगाएर मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । मजदुरीको भरमा परिवार पाल्दै आएका चितवनका एक चेपाङको मृत्यु भएपछि परिवारको विचल्ली भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–३ ओरेकमा बाढीमा परि मृत्यु भएका कमल बहादुर चेपाङको परिवार बिचल्लीमा परेको हो । मजदुरी गरेर ६ जनाको परिवार पाल्दै आएका २२ वर्षीय कमलको साउन २८ गते खान्दीवाङ खोलाले बगाएर मृत्यु भएको थियो । उनी घरको कमाउन सक्ने एक मात्र मुली थिए ।


कमलका बाबु विक्रमले भने, ‘छोरोलाई खोला लग्योे, हाम्रो अब को छ र खोइ सरकार पनि छैन । यस्तो दिनमा पनि कसैले सहयोग गरेको छैन । अहिलेसम्म राज्यको कुनै पनि निकाय सोध्न आएको छैन ।’

‘घरमा खाने अन्नपात छैन परिवार पुरै शोकमा छौँ,’ श्रीमती तारा चेपाङले भनिन्, ‘घर पनि यस्तो, बुबा आमा बुढो हुनुहुन्छ, बच्चाबच्ची साना छन् कसरी पाल्ने ?’ कमाएर ल्याउने छोराको मृत्यु भएपछि अहिले उनका बाबु आमा भोक भोकै बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *