मोबाइल पसलमा आगलागी : दुई लाखको क्षति

मोरङ, भदौ ३ ।  सुन्दरहरैंचा नगरपालिका– ८ सलकपुरका विजय बरालका घरमा रहेको मोबाइल पसलमा गए राति आगलागी हुँदा करिब दुई लाख बराबरको क्षति भएको छ ।

सुन्दरहरैंचा– ५ घर भएका राम थापाले भाडामा लिएर सञ्चालन गरेको उक्त पसलमा राति ८ बजेतिर विद्युत् चुहिएर भएको आगलागीबाट थापाका विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामान जलेको इप्रका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

आगो प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *