पत्रकारलाई चुनावको चटारो, यस्तो छ मतदाताको नामावली

काठमाडौं, भदौ ३ । भोली (आईतबार)देखि नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । २५ औं महाधिवेशनबाट पत्रकार महासंघको नयाँ नेतृत्व चयन हुने छ ।

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि दलगत आस्थाका आधारमा सक्रिय संगठनबाट २ वटा प्यानलले दावीदारी प्रस्तुत गरेका छन् ।

नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले पत्रकार महासंघको नयाँ नेतृत्वका लागि संयुक्त प्यानल घोषणा गरिसकेका छन् । युनियन र सेन्टरको संयुक्त प्यानलबाट माओवादी निकट पत्रकार गोविन्द आचार्य अध्यक्षका उम्मेदवार छन् ।

यस्तै नेकपा एमालेनिकटको प्रेस चौतारी नेपालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति निकट प्रेस सोसाइटीसहित अन्य केही साना दल निकटका पत्रकार संगठनसँग मिलेर प्यानल घोषणा गरेको छ । प्रेस चौतारीले पत्रकार तीर्थ कोइरालालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

भादौ ४ र ५ गते हुने महासंघको महाधिवेशनमा देशभरका १५१६ जना पत्रकार (केन्द्रीय पार्षद)ले नयाँ नेतृत्व चयनका लागि मतदान गर्न पाउने छन् ।

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान गर्न पाउने पत्रकार (केन्द्रीय पार्षद)हरुको सूचीः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *