सरकारी कर्मचारीबाट बाढीपीडितका लागि डेढ लाखको राहत संकलन
मकालु खबर
२०७४ जेठ १५ गते
“
कञ्चनपुर, भदौ ३ । कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको जानकारी दिए ।
उनले हालसम्म रु डेढ लाख संकलन भइसकेको जानकारी दिँदै संकलित राहत रकम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हस्तान्तरण गरिने बताए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित