मनाङमा कांग्रेसका उम्मेदवार गुरुङलाई २७९ मतान्तरले हराउदै एमालेका गुरुङ विजयी

मनाङ, मंसिर २१ । प्रतिनिधिसभा सदस्यमा मनाङबाट एमालेका पोल्देन छोपाङ गुरुङ विजयी हुनुभएको छ । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई २७९ मतान्तरले हराउँदै पोल्देन छोपाङ विजयी हुनु भएको हो । पोल्देन छोपाङले २३ सय मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गर्नुभयो ।

पाल्देन छोपाङको जन्म २०१६ असोजमा मनाङमै भएको हो । अहिलेको चुनावमा मनाङबाट उम्मेदवार बनेपनि उहाँ पहिलेदेखि राजनीतिमा भने लाग्नुभएको थिएन । पाल्देनले प्रजेन्द्र मेमोरियल स्कुलमा कक्षा ८ सम्म पढेपछि भारत जानुभयो ।

त्यसपछि दार्जिलिङबाट एसएलसी पास गरेपछि उहाँले त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढ्नुभयो । तर उहाँले बिचैमा पढ्न छाडेर व्यापारमा लाग्नुभयो । व्यापारिक क्षेत्रका पाल्देन २ वर्षअघि मात्रै एमालेमा प्रवेश गर्नुभएको हो । उहाँ नेकपा एमाले मनाङको अध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *