प्रियसी लाई पत्र
तिमी लाई ‘जुन’ शब्दले सम्बोधन गर्न मन लाग्यो गरे पनि, तर तिमीलाई यो नाम सुहाउदैन तिमी लाई त अन्धकार संसार कि उज्यालो छर्ने भगवान् पो सम्झेको थिए मैले । तर तिमीले त उज्यालोसँग रमेको जिन्दगीलाई अन्ध्यारोसँग मडारिएको बादल सरी बनायौं जुन ! अनि तिमी लाई ‘जुन’ शब्द दिनुमा के नै औचित्य रहयो र ?
तिमी लाई प्रेम के हो र कसरी गरिन्छ भन्ने पनि थाहा रहेनछ । अनि थाहा रहेन्छ कसैको हाँसोको मूल्य केवल थाहा रहेछ कसरी धोखा दिने त्यसैले त अब तिम्रा विश्वासका आधारहरु पनि कहीँ कतै देखिँदैन अनि देखिँदैन तिम्रा ती पवित्र भावना ।जुन मेरा लागि एक निश्चल एवम् निर्मल थिए कुनै पल र कुनै दिन जुन मेरा कल्पना भित्र रमाउथे अनि हराउथे तर जुन आज ती पल सम्झदा तिमीलाई माया गर्नु पाप भएछ अभिशाप भएछ र त त्यही पापको रापमा जली रहेछु र जीवनलाई नष्ट गर्न लागि परेछु ।
जुन ! मैले त सोचेको थिए मेरो ठुलो समर्पण बाट भेट्टाएकी मोती थियौ जसले मेरो जिन्दगीमा नयाँ बिहानीको किरण छरछौं मैले त सोचेको थिए मेरो तपस्याको फल थियौँ तिमी जस लाई पाई जीवन परिवर्तनको आभास महसुस गरेको थिए, तर जुन हाँस्ने बाटो किन बनायौ थाहा थियो नि तिमीलाई । जब तिम्रा सामु म पर्थे मेरा हर दुखिद छण बिर्सी तिमी भित्रै हराउन पुग्थे । अनि खुसी का साथ तिम्रो साथ पाएको महसुस गर्थे ।
जुन ! जिन्दगीका सबै पल आफै सँग रहन्छ भन्न सकिँदैन कहीँ कतै तिम्रो मुटु र भावनले गल्ती स्वीकार गरेछन भने सिर्फ दुई थोपा आँसु झार्नु त्यो आशुले तिमी ले गरेका गल्तीलाई माफ गर्ने छन् अनि तिमी भित्रका भावना ले नितान्त चोखो मायाको चाहत राख्ने छन् अनि बल्ल तिमीले मायाको परिभाषा थाहा पाउने छौ । |
थाहा छ जुन ! हरेक मानिसको छातीमा दबाएर राखेका पिडा हुन्छन् जब मन मिल्ने साथी सँग त्यो पिडा पोखन पुग्छ । यस्तो लाग्छ दुखको भवसागर फोडीयो अनि मन हलुगो भयो तर तिमी सँगको पल त केवल नाटकीय रूप पो हुन गयो । किनकि तिमीले साटेको प्रेम त पिडा पो रहेछ । त्यसैले त तिमी मेरो पिडा भित्र आन्नदले खेल्न सक्यौ जुन ! के तिमीलाई त्यतिखेर ती प्रभुुसँग डर लागेन ? जसले तिमी हामीलाई बनाए । आज तिम्रा घृणित हरकतले मेरो जीवनमा कस्तो असर पर्यो कहिले महसुस भयो होला र तिमी लाई ?…..त्यसैले त जुन ! आज निद्राका लागि पनि सिलिपिङ ट्याबलेटको जरुरी परेको छ मलाई थाहा छ जुन ! यो याद भन्ने कुरा कति कोसिस गर्छु पन्छाउन तर कदापि सक्दिन र लाग्छ मैले माया गर्न जानीन सायद म पनि तिमी जस्तै हुन सक्थे भने……
जुन ! म सोच्थे नारी महान् शक्ति हो नारी विश्वास हो नारी सागर हो अनि नारी मा माया को अथाह भण्डार हुन्छ तर कहाँ हराए तिम्रा ती शब्द जसले मलाई माया गर्न सिकाए हिड्न सिकाए अनि मृत्युको अन्त सम्म पनि साथको खाँचो राख्थे । त्यसैले त आज ती मिठास पल पनि अभिषाप भएछ । जुन ! के तिमीले आफूले पाएका जीवनलाई सार्थक मान्न सक्छौ के तिमी भित्र साँचो बोल्ने आदम्य साहास छ त…. याद लाई त समालेर सजाएर राखिन्छ जुन तर तिमी ले त कस्तो याद दियौ न सजाउन सक्छु न उखेलेर फाल्न यो कस्तो प्रेम थियो हामी बिच जहाँ दोष माात्र खेपनु परेछ निर्दोष हुँदा हुँदै पनि दोषी भई बाँच्नु परे छ…..
तर जुन ! ढुक्क हुनु ती हामी बिचका याद याद मै सीमित रहने छ कुनै दिन यी याद लाई फ्रेममा हाल्न फ्रेम पठाई दिन आग्रह गरेको थिए तर तिमीले त फ्रेमको ठाउँमा धोखा पठाइछौ…..
मैले त जिन्दगी दिन जानेको मान्छे सम्झे थिए तिमी लाई तर तिमी त जिन्दगी लिन पो तुली छौँ के यही थियो तिमी ले मायामा दिएका उपहार… आज सारा जीवन आँसुको सगम बनाई दिँदा पनि यो मनले तिमी लाई नै खोजी बसेका छन् यसका लागी तिमी लाई मैले धन्यवाद दिनै पर्छ जुन..
जुन ! जिन्दगीका सबै पल आफै सँग रहन्छ भन्न सकिँदैन कहीँ कतै तिम्रो मुटु र भावनले गल्ती स्वीकार गरेछन भने सिर्फ दुई थोपा आँसु झार्नु त्यो आशुले तिमी ले गरेका गल्तीलाई माफ गर्ने छन् अनि तिमी भित्रका भावना ले नितान्त चोखो मायाको चाहत राख्ने छन् अनि बल्ल तिमीले मायाको परिभाषा थाहा पाउने छौ ।
यति भन्दै जिन्दगीको परिवेशमा फेरी बाटो एउटै परेछ भने त्यही दिन….. हस त जुन ! अहिले लाई बिदा
उही तिम्रो अतीत….