सुवेदी, गिरी, सेजुवाल, चौलागाईँ र न्यौपाने विजयी

काठमाडौँ, भदौ ६ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट प्रदेश नं ३,५ र ६ तथा काठमाडौँ उपत्यकाको नतिजा सार्वजनिक भएको छ ।  परिणामअनुसार प्रदेश नं ३ बाट कृष्ण गिरी र द्वारिका काफ्ले केन्द्रीय सदस्यमा विजयी हुुनुभएको छ ।
प्रदेश नं ५ बाट पुरुषोत्तम सुवेदी र वसन्त गिरी तथा प्रदेश नं ६ बाट कलेन्द्र सेजुवाल र पूर्णप्रसाद चौलागाईँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै उपत्यकाबाट गोविन्द चौलागाईँ र लेखनाथ न्यौपाने विजयी हुनुभएको छ ।

महासंघको अहिले मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि सोमवार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान भएकामा कूल एक हजार ४४९ मत खसेको निर्वाचन समितिले जनाएको छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिका सदस्यका लागि मतदान भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *