डा केसी बाढी पीडितको सेवामा खटिदै

भदाै ७, काठमाडौँ । लामो अनशनपछि उपचाररत डा गोविन्द केसी अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै बाढी पीडितको सेवामा खट्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा केसीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । डा केसीले भोलि नै सप्तरी पुगेर बाढी पीडित बिरामीको उपचार थाल्ने योजना बनाइसकेका छन् । उनी केही दिन बाढीग्रस्त क्षेत्रका बासिन्दाको उपचारमा बिताउने छन् ।

उक्त अवधिसम्म काठमाडौँ नेशनल मेडिकल कलेजको सम्बन्धन फिर्ता भइसक्नुपर्ने उनको माग छ । उक्त अवधिमा पनि फिर्ता नभए फेरि अनशन थाल्ने डा केसीले बताएका छन् । उनले भने, ‘अहिले मेरो खाँचो बाढी पीडित क्षेत्रमा छ । त्यसैले त्यता जान लागेका हुँ । काठमाठौं नेशनलको सम्बन्धन फिर्ता लिन सरकारसँग आग्रह गरिसकेको छु । त्यहाँबाट फर्किदासम्म पनि फिर्ता नलिइए अर्काे चरणको अनशन बस्न बाध्य हुनेछु ।’

कुनै पनि मापदण्ड पूरा गर्न नसकेको काठमाडौँ नेशनललाई डा केसीसँगको सहमति विपरीत त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको छ । जसको सवत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *