भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा सरकारले निव्र्याजी ऋण दिने

काठमाडौं, असोज २३ । सरकारले भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज बसेको मन्त्रीपरिषद बैठकले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।

भूकम्प पीडितहरुका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने निर्णय गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रीपरिषद बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वीकृत गरेको छ । सरकारले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग बनाउनुपर्ने हुन्छ । आयोगका लागि आवश्यक जनशक्ति र संगठन संरचनासम्बन्धि प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *