देउवाको भ्रमण विश्वास बढाउन सफल: भारतीय नेता
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ९ । भारतका सत्तारुढ र विपक्षी दलहरुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीच विश्वासको बातावरण बनाउन सफल भएको भन्दै भ्रमण फलदायी भएको टिप्पणी गरेका छन ।
भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालका प्रधानमन्त्री देउवाको भ्रमणले दुई देशबीच विश्वासको बातावरण बनाएको बताउनु भयो ।यातायात मन्त्री नितिन गडगडीले नेपालको सडक विस्तार र रेलमार्ग निर्माणमा भारतको सहयोग रहने बताउनु भयो ।
सत्तारुढ भारतीय जनता पार्टीका नेता मुरलीमोहन जोसीले नेपालका प्रधानमन्त्रीको जारी भ्रमणले नेपाल र भारत सम्बन्धमा नयाँ आयाम थपेको बताउनु भयो ।कांग्रेस आईका विदेश विभाग प्रमुख करण सिंहले देउवाले विकास र समृद्धीको लागि दुईदेशबीचको सहकार्य बढाउन भ्रमण फलदायि रहेको बताउनु भयो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित