‘मैले बच्चालाई पिट्दा प्रहरीले चाहिँ के हेर्यो ?’ तर, अहिले फेरि निहुँ खोजिँदै छ
“
काठमाडौँ, भदौँ ११ । गत हप्ता धरानमा ताइवानी महिलाको अमेरिकी डलरसहित नेपाली रुपैयाँ हराएको घटनाले निकै बजार पिट्यो । तर,अहिले उक्त घटनाले अर्कै रूप लिएको छ भने प्रहरीले पनि यसको समाधान निकाल्न सकेको छैन । प्रहरीको एउटै जवाफ छ, घटनाको अनुसन्धान भइरहेको छ ।
पीडित ताइवानी महिला टिङ फाङ हुले गत शुक्रवार पैसा हराएको विषयमा खोजतलास गरी दोषीलाई कार्वाही गरी पाउ भनी इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ज गरेकी थिइन् तर ताइवानी महिलाको विषयमा प्रहरीले अनुसन्धान गर्न चासो नदेखाएको पीडित पक्षका महिलाहरूले आरोप लगाउदै आएका छन् । यससगै प्रहरीले अनुसन्धान कार्यमा कुनै चासो नदेखाएपछि शुक्रवार उजुरी दिइएको बताइन्छ । तर,उजुरी दर्ता गर्न समेत प्रहरी आलटाल गरेको पीडितको भनाई छ ।
उजुरी दिएपश्चात धरान १८–का उनका प्रेमीका आफन्तजनले गरेको पत्रकार सम्मलेनमा बोल्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धरान उपमहागरपालिकाका उपमेयरका उम्मेदवार समेत बनेका मेयरमान हयुजले उक्त घटनालाई लुकाउन खोजिएको आरोप लगाएका छन् । ‘हामी प्रहरीमा न्याय माग्न गएका थियौ । तर, उल्टै एक बालकलाई कुटपिट गरेको भन्दै घट्नालाई ओझेलमा पार्न खाजेको छ ।’उनले भने ।
मेयरमानले तिरे १४ हजार
यस घटनाबारे प्रहरीले गत भदौ ४ गते धरान १५ कि सिटी सफारी चालक रिना तामाङ र उनको १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यही क्रममा तामाङकी छोरालाई ताइवानी महिलाकी आफन्त समेत रहेका मेयरमानले कुटपिट गरेको भनेर आरोप लगाइएको थियो । मेयरमानले वडा प्रहरी कार्यालयमा बालक कुटपीट गरेको आरोप लगाइएको छ । इलाका प्रहरी कार्यालय धरानमा भदौ ५ गते मेयरमानलाई कुटपीट गरेको आरोपमा प्रहरीले १४ हजार रुपैंयाँ समेत तिराएर कुटपीटको विषयलाई मिलापत्र गराएको थियो । तर, पत्रकार सम्मेलनमा मयेरमानले ‘ ए ! त्यसोभए बालक कुटिदा स्वंयम प्रहरी चाहि के हेरेर बस्यो त ?’ भन्दै प्रहरीले निहुँ खोजेको उनले आरोप लगाएका थिए ।
वडा प्रहरी कार्यालयमा बेलुकी साढे बजेतिर छलफल गराइएको थियो । त्यहाँ आफूले सो बालकलाई देख्दा प्रहरीले एउटा कुनामा लगेर सोधपुछ गरिरहेको देखेको उनको भनाई छ । त्यो वेला उनको आँखामा आँसु आए जस्तो देखिएको थियो । ‘त्यसपछिको घट्ना क्रम मलाई केही थाहा छैन । भोलि पल्ट मलाई इलाका प्रहरी कार्यालयमा छलफल गर्ने क्रममा बालक कुटपीट गरेको आरोप लगाएर क्षतिपुर्ती भनेर १४ हजार रुपैयाँ तिराएको हो ।’उनले भनेका छन् । प्रहरीले लिखित कागज समेत गरेर कागजमा ३ जना सिटी सफारी चालकलाई तीन दिनको ज्याला र औषधि उपचार क्षतिपूर्ति तिराइसकेको छ ।
तर,छलफलका क्रममा सिटी सफारी चालक समूहले गाली वेइज्जत गर्दै प्रहरी कार्यालयमा नै कुट्न खोजेको ताइवानी महिलाका आफन्त लक्ष्मी विकले बताए । ‘प्रहरीले मनपरी बोलेर कुट्न खोज्दा समेत वास्ता गरेन । प्रहरीले दुवै पक्षलाई सोधपुछ गर्नुपथ्र्याै तर भएन ।’
“