निर्धक्कका साथ उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, भदौ २० । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोलि निर्धक्कका साथ उम्मेदवारी दर्ता गराउन आग्रह गरेको छ । आज आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उत्साहपूर्ण रुपमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न आग्रह गर्नुभएको हो ।

भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था मिलाईएको आयोगले जनाएको छ । उम्मेदवारी दर्तामा कसैले अवरोध गरेमा, भड्काउने काम गरेमा, बाधा व्यवधान खडा गरेका सुरक्षाकर्मीले तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्नेमा आयोगले विश्वास ब्यक्त गरेको छ । प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जनप्रतिनिधी निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि ३१ हजार ५० सय कर्मचारी परिचालन हुने आयोगले जनाएको छ । यसका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तय गरिएको आयोगले जनाएको छ । प्रदेश नं. २ का ८ जिल्लामा हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा आयोगले ४४ वटा संस्थाका करिब २ हजारभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमती दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *